एजेन्सी । उत्तर कोरियाले पाँचौ परमाणु परीक्षण गरेको छ। परमाणु परीक्षण गरेको जानकारी उत्तर कोरियाली सरकारी टिभी केआरटीले दिएको हो। यो परीक्षणलाई उत्तर कोरियाले गरेको अहिलेसम्म कै शक्तिशाली परमाणु परीक्षण बताइएको छ। दक्षिण कोरियाली सेनाको अनुसार उत्तर कोरियाको सो परमाणु परीक्षण क्षेत्रमा ५.३ रेक्टर स्केलको कृत्रिम भूकम्प समेत मापन गरिएको थियो।
जानकारहरु बताउँछन् कि उत्तर कोरियाले परीक्षण गरेको यो बमको शक्ति १९४५ मा अमेरिकाले हिरोशिमामा खसालेको परमाणु बमको डेढ गुणा शक्तिशाली छ। यो वर्षको जनवरीमा उत्तर कोरियाले हाइड्रोजन बम समेत परीक्षण गरिसकेको छ । ९ सेप्टेम्बर (आज) उत्तर कोरियाले आफ्नो देश स्थापना दिवस मनाउँदैछ। दोस्रो विश्व युद्ध पश्चात सन् १९४८ मा उत्तर र दक्षिण कोरियाली सरकार गठन भएको थियो।
६ अगस्ट १९४५ को दोस्रो विश्वयुद्धको क्रममा जापानको हिरोसिमामा लिटिल ब्वाय नामको परमाणु बम अमेरिकाले खसालेको थियो। सो बमको क्यासिटी १३-१८ किलोटन रहेको थियो। जनवरीमा उत्तर कोरियाले परीक्षण गरेको हाइड्रोजन बम ६ किलोटनको रहेको बताइन्छ।
क्यालिफोर्नियाका मिडलबरी इन्स्टिच्युटका इन्टरनेशनल स्टडीज एक्पर्स जेफरी लुईस भन्छन, ‘उत्तर कोरियामा गएको भूकम्पअनुसार यो बम निकै शक्तिशाली छ। भूकम्पको तीव्रता बताउँछ की यो बम कम से कम २०-३० किलोटनको हुनु पर्छ।’नेपाली हेडलाइन्सकाे सहयाेगमा










