२५ भाद्र, इनरुवा। उद्योग वाणिज्य संघ इनरुवाको सदस्य पदकालगि मतदान आज बिहान बाट सुरु भएको छ। बिहान करिब आठ बजे बाट मतदान सुरु भएको छ। उद्योग वाणिज्य संघ इनरुवाको भवनमा हदै गरेको मतदानमा सर्वसाधारणको उल्लेखनिय उपस्थिति देखिन्छ।
बिहान केहि बेरको झरिले चुनावि माहोलमा समस्या उत्पन्न हुने संका भएता पनि अहिले मौसममा सुधार आएकोमा मतदाताको राम्रो भिड देख्न सकिन्छ।
निर्वाचन संयोजक राम कुमार शाहले दिनुभएको जानकारी अनुसार २०० भन्दा बढी मत खसि सकेको छ। उद्योग वाणिज्य संघ इनरुवामा १३६५ मतदाता सदस्यहरु छन् ।
निर्वाचनका केहि झलकहरु

























