rasifalमेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
काम गर्ने अवसर मिले पनि ठूलो आर्थिक लाभ नहुन सक्छ। केही काम स्थगन गर्नुपर्ने स्थिति आउन सक्छ। तापनि मध्याह्नपछि अरूको साथ जुट्नेछ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम सुरु गर्ने समय छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। कमजोरीले चिन्ता बढाउन सक्छ। तापनि मध्याह्नदेखि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको फल प्राप्त हुन सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कामका लागि बिहानको समय अनुकूल रहनेछ भने परिस्थिति पनि रमाइलो हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। मध्याह्नपछि काममा समय दिन नसकिएला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। अर्थ अभावले योजना रोकिन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मध्याह्नदेखि लोकाचार तथा उपहारमा अनियन्त्रित खर्च बढ्न सक्छ। बलजफ्ती गर्ने बानीले अप्ठ्यारोमा परिनेछ भने सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ। आज वादविवादबाट टाढै रहनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आँटले काम लिन नसक्दा पछि परिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पहिलेका समस्या दोहोरिन सक्छन्।मध्याह्नपछि प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति होला। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रचनात्मक कार्यमा जुट्दा मनग्य फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। मध्याह्नदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। पढाइलेखाइमा प्रगति हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्छ। हिम्मत गर्दा परिस्थितिलाई बदल्न सकिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। चिताएको काम पनि पूरा हुन सक्छ।मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। फाइदा कम देखिए पनि प्रयास दोहोर्याउनुहोला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
लगनशील बन्दा प्रशंसकहरू बढ्नेछन् भने मनग्य धन लाभ हुनेछ। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। बोलीको भरमा काम बन्न सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मध्याह्नदेखि आर्थिक रूपमा राम्रै फाइदाको योग छ। बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ होला। प्रतिस्पर्धीहरूले हार खानेछन् भने शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले मानसम्मान र फाइदा दिलाउनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीपूर्ण काममा हात हाल्न केही समय पर्खनुहोला। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। तर उठ्नुपर्ने रकम हातलागी भए पनि खर्च गर्नुपर्ला। मध्याह्नपछि आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। यात्रा गर्ने अवसर जुट्नेछ। जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नदेखि दिगो फाइदा हुने काम प्रारम्भ होला। मेहनत गर्दा आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुनुका साथै आँटले काम लिँदा मनग्य लाभ हुनेछ।नेपालिपात्रो

तपाईको प्रतिक्रिया

trusted online casino malaysia