koshi dungaaa 1
इनरुवा असोज ४ /सप्तकोशी नदीमा भएको डुंगा दुर्घटनाका क्रममा वेपत्ता भएकाहरु जीवित भेटिने सम्भावना न्यून बनेको छ । तीन दिन वितिसक्दा समेत कोशी नदीमा हराएकाहरुको अत्तोपत्तो नलागेपछि उनिहरु जीवित भेटिने सम्भावना कम बनेको हो ।

सुनसरी प्रशासनले वेपत्ताहरुको खोजीमा तेस्रोदिन समेत विहानैबाट सुरक्षाकर्मी परिचालन गरेपनि उपलब्धी भने हात लाग्न सकेन् । प्रहरी, प्रशासनले डुंगा दुर्घटनाको कारण सहितको विस्तृत विवरण पत्ता लगाउन छानविन समिति गठन गरी अध्ययन थालेको छ ।पछिल्लो विवरण अनुसार सुनसरी प्रशासनले दुर्घटना भएको डुंगामा ६२ जना सवार रहेको निष्कर्श निकालेको छ । प्रहरीले श्रीलंका टप्पुमा पुगी गरेको स्थलगत विवरण संकलनका क्रममा ६२ जना यात्रु सवार रहेको तथ्यांक प्रशासनले वाहिर ल्याएको हो । प्रमुख जिल्ला अधिकारीले हराएकाहरुको खोजी जारी रहेको र वास्तविकता पत्ता लगाउने क्रम जारी रहेको बताउनुभयो ।

वेपत्ता मध्ये ५३ जना सम्पर्कमा आइसकेका छन् । जसमध्ये ३७ जनाको दुर्घटना लगत्तै तत्काल सकुशल उद्दार गरिएको थियो । अन्य प्रहरीको सम्पर्कमा आएका थिए । ९ जना अझै वेपत्ता छन् ।वेपत्ता हुनेहरुमा प्रकाशपुरका डुंगा चालक ४० वर्षिय तुफानी चन्द्रवंशी, सोही स्थानकी ३० वर्षिया सिता कविरथ, वर्ष ४० कि सकुन्तला चन्द्रवंशी, ४५ कि पार्वती चन्द्रवंशी र सोही स्थानकै १२ वर्षिया अनिता चन्द्रवंशी रहेका छन् । अन्य वेपत्ता हुनेहरुमा महेन्द्रनगर ५ का २५ वर्षिया मिना झा, सोही स्थानका ३ वर्षिया पुजन झा, वर्ष ७ कि रेखा र पश्चिम कुसाहा १ का ६० वर्षिया चन्द्रिका यादव रहेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia