jitiya parva

७ असोज , इनरुवा । सुनसरी सहित सम्पूर्ण मिथिलाञ्चलमा हिजोदेखि धार्मिक विधिअनुसार पवित्र मानिएको जितिया पर्व  सुरु भएको छ ।
व्रत बस्नुअघिको दिन महिलाले घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाइ  दही चिउरा र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खान्छन् । आजको दिनलाई ‘नहा खा’ अर्थात् नुहाएर खानु भनिन्छ ।

शुक्रवार बिहान ४ बजे देखि पानी समेत नखाई उपवास बसेकी वर्तालु महिलाले शनिवार बिहान १० बजे व्रत सम्पन्न गर्नेछिन् । व्रतालुले  जितमाहनको कथा सुनेर व्रत बस्ने गर्दछन । व्रत बस्नु अघिल्लो दिन  व्रतालुले विभिन्न जलासयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेल चढाउने गर्दछन । देवतालाई चढाएकै तेलमध्येबाट आआफ्ना शाखा सन्तानलाई पनि लगाइदिने चल्नछ ।

व्रतको पहिले दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा माछ मरुवा भनिन्छ । विधिअनुसार बिहान काग कराउनुभन्दा पहिल्यै व्रतालु महिला ओठगन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्रायःजसो महिलाले ओठगनमा च्युरा, दही खाने गरेको पाइन्छ । त्यसपछि विकट उपवासका क्रम सुरु हुन्छ । आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रत विशेष विकट रहेको बुझिन्छ ।

सन्तानको दीर्घ जीवन, पुत्रप्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । यो पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्ने बताउँछन् । पितृपक्षमा मनाइने पर्वमा महिलाले आफ्नो दिङ्वगत पितृलाई पिण्ड चढाउँछन् ।

उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने पनि व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खर जितिया पनि भनिन्छ । फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन् ।

पौराणिक कथन अनुसार- राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामाकरण गरी राजाको सम्झनामा उपवास बसेर यो व्रत सुरु भएको  हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia