परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले समेत हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
बोलीको गलत अर्थ लाग्नाले शुभचिन्तकहरू टाढिन सक्छन्। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा समेत आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
रमाइलो जमघटका बीच विशेष व्यक्तिलाई भेट्ने मौका जुट्नेछ। मान-सम्मानका साथ स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। सहयोगीहरूको साथ जुट्नेछ भने पहिलेको सफलताले मनोबल बढाउनेछ। पठनपाठनमा प्रगति हुनेछ। परिवारजनको साथले पनि उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिएला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। प्रयत्न गर्दा काम बन्नेछ। अवसरले मनको डर उत्साहमा रूपान्तरित गर्न सक्छ। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ला। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। नजिकका साथीभाइ टाढिए पनि शुभचिन्तकहरूले साथ् दिनेछन्।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। सुखद समाचारले काममा उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले मनग्य धनलाभ हुनेछ। आम्दानीको स्रोत समेत बढ्नेछ। भौतिक साधन जुट्नाले तत्कालको आवश्यकता पूर्ति हुनेछ। सजिलै काम बन्नुका साथै साझेदारी, सट्टापट्टा आदिमा सोचेभन्दा राम्रो फाइदा हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन्। शासकवर्गबाट पनि धोका हुन सक्छ, सचेत रहनुहोला। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा पनि कमै फाइदा हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। तर अरूका काममा समय खर्चनुपर्ला। स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ। केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला। सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। पछि फाइदा हुने काम हातलागी हुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा उठाउन नसकिए पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको लाभ हुनेछ। तापनि, सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ। कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले हातमा आएको अवसर गुम्न सक्छ। मेहनतको उचित मूल्य नपाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ।अस्वस्थताका बीच सामाजिक जिम्मेवारी भने बढिरहनेछन्। फाइदा नहुने काममा जुट्नुपर्ने परिस्थिति देखिन्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। नतिजा कमजोर हुनाले काम दोहोर्याउनुपर्ला। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। तापनि बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। कृषि–चौपायाबाट लाभ मिल्नेछ। पूरा गर्न नसकिए पनि नयाँ काममा हात हाल्ने समय छ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। मेहनतले फाइदा दिलाउनेछ।-नेपालि पात्रो









