timthumb.php

८ असोज,  नयाँ दिल्ली (एजेन्सी)। कश्मीरस्थित भारतीय सेनाको मुख्यालय उडीमा आतंकवादी आक्रमणपछि जारी तनावकाबीच भारत र पाकिस्तानले युद्धको तयारी सुरु गरेका छन्।

जसअन्तर्गत भारतले पाकिस्तानको सीमा नजिक बोफोर्स तोपलाई तयारी अवस्थामा राखेको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार भारतीय सेनाले कश्मीरसँग जोडिएको पाकिस्तानी नाकामा लामा र ठूलो दूरीको रकेट लन्चर पनि तयारी अवस्थामा राखेको छ।

यस्तै पाकिस्तानले पनि युद्धको तयारी स्वरुप फाइटर प्लेन तयारी अवस्थामा राखेको छ। शुक्रबार मात्र राजधानी इस्लामावादको आकाशमा केही फाइटर प्लेन देखिएपछि स्थानीयवासीले सीमामा भारत–पाक युद्ध सुरु भएको आशंका गरेका थिए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia