खर्च लागे पनि अहिलेको मेहनतले पछिलाई फाइदा हुनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि आफ्नो स्थान सबल बनाउन सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पहिलेका प्रतिस्पर्धीले समेत सहयोग तथा सहकार्यका हात अघि बढाउनेछन्। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्कालको फाइदाभन्दा भविष्यको मुनाफा उच्च हुने देखिन्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काममा अलि बाधा हुन सक्छ। तापनि प्रयत्न गर्दा ऋणमोचन हुने समय छ। पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ। साझेदारीमा पनि फाइदै हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आर्थिक लेनदेनमा सजग रहनुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। पुरुषार्थी कामको यश अरूकै हातमा जान सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तापनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साइनो गाँस्नेहरूबाट सजग रहनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। काम देखाएर अरूको सहयोग जुटाउन सफल भइनेछ। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मेहनतले पदीय जिम्मेवारी समेत दिलाउनेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदाका पछि लाग्दा आत्मीय सम्बन्ध बिग्रन सक्छ। उपचारमा खर्च हुने समय छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रयत्न गर्दा प्रशस्त फाइदा हुने दिन छ। उपहारले उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनाले मनमा आनन्द मिल्नेछ। अतिथिको रूपमा सत्कार समेत प्राप्त हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिनेछ। वादविवादले समस्या निम्त्याउने देखिएकाले सजग रहनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
समय संघर्षपूर्ण रहनेछ। हठ गर्ने बानीले दुःख पाइनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। शत्रु र प्रतिस्पर्धीसँग सम्झौता गर्नुपर्ला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
कामले उत्साह जगाउनेछ। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ। अवरोध बिस्तारै समाप्त हुनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। हिम्मत गर्दा आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। महत्वाकांक्षी काम भने पूरा गर्न नसकिएला। साइनो गाँस्नेहरूबाट पनि सतर्क रहनुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। वादविवादबाट टाढा रहनुहोला। बुद्धिको उपयोग गर्दा जटिल सोचिएको काम सजिलै काम सम्पादन हुनेछ। मेहनतीहरूका लागि समय फलदायी रहनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। आजको कामबाट पछिसम्म फाइदा पुग्न सक्छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। अध्ययनमा प्रगति गर्न सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान्। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। पहिले दुश्मनी गर्नेहरूले मित्रताका हात अघि बढाउलान्।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
सहयोगीहरूले साथ दिनेछन् भने मेहनतले सम्मानित स्थान पनि दिलाउनेछ। पहिलेका कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने बेला छ। पठन–पाठनमा राम्रै प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले काममा थप हौसला जगाउनेछ। पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। मनग्य धन आर्जन गर्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।-नेपालिपात्रो









