एजेन्सी / सुन्दा अचम्म लाग्न सक्छ तर यहा अचम्म मान्नु पर्ने त्यस्तै भएको छ । भारतमा एक अर्बपतिले आफ्नो सम्पूर्ण सम्पत्ति मोह नै छोडेर सन्यासी भएका छन्।
भम्वरलाल रघुनाथ दोशी नाम गरेका ति व्यक्तिले करिब १० अर्ब रुपैयाँको व्यवसाय छाडेर सन्यासी भएका छन्। दिल्लीमा ‘प्लाष्टिकका राजा’ भनेर चिनिने ति व्यक्तिले सम्पुर्ण सम्पति त्यागेर जैन धर्मको दिक्षा लिएका छन् । उनका एक छोरी र दुई छोरा पनि छन ।









