१ कार्तिक, इनरुवा। सुनसरीको सिमरिया २ मा अागलागी हुदा डेढ लाख बराबरको क्षति भएको छ। सोमबार बिहान सुरेन्द्र रिषिदेवको फूसको छाना भएको १ तले घरमा खाना पकाउने क्रममा अचानक आगलागी हुदा घर पूर्ण रुपमा जलेर नष्ट भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार आगलागीमा कुनै किसिमको मानविय क्षति नभएको हो।








