Rashifal copy
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। स्वास्थ्यका लागि खानपानमा सजग रहँदै विश्राम गर्नुहोला। व्यवसायभन्दा सेवामूलक कामबाट उपलब्धि हातलागी हुने समय छ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मेहनत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। दौडधुपमै समय बित्नेछ र चिताएको काम स्थगित हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। विवादले समस्या निम्त्याउन सक्छ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। परिस्थितिले केही अप्ठ्यारो मोडमा पुर्याउन सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आत्मीयजनसँगको भेटघाटले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। मनग्य धनलाभ हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनत गर्दा जटिल ठानिएको काम समेत सम्पादन गर्न सकिनेछ। अरूले आँट्न नसकेको काम आफ्ना लागि लाभदायक बन्न सक्छ। सामान्य खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम समेत बन्नेछन्।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ भने मेहनत गर्दा बिस्तारै प्रगति हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। अद्यावधिक ज्ञान अभावले पनि काममा पछि परिनेछ। पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। दिगो योजनामा अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मेहनत गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
विचारले धेरैलाई आकर्षण गर्ने बेला छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू पनि बढ्नेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारसमेत प्राप्त हुन सक्छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले मनमा आनन्द दिलाउनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। शुभचिन्तकहरू समेत टाढिन सक्छन्।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्ने देखिन्छ। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia