baba ramdev saptari1

११ मंसिर, राजविराज, दिलिप साह । विश्व विख्यात योग गुरु स्वामी रामदेवले शनिबार सप्तरीको छिन्नमस्ता भगवति मन्दिरमा विशेष पुजाआजा गर्नुभएको छ । पुजा पाठ पछि मन्दिर परिसरमा उहाँको स्वागत तथा अभिनन्दनका लागि आयोजित कार्यक्रममा उहाँले निरोग रहनका लागि योग अनिवार्य रहेको बताउनुभयो । योग गरेर स्वयममा निरोग हुनुको साथै शान्ति मिल्ने विश्वास दिलाउदै स्वामी रामदेवले बालबालिकादेखि बृद्धबृद्धासम्म उमेरका मानिसहरुले नियमित योग गरेर स्वस्थ्य रहन सकिने विश्वास व्यक्त गर्नुभयो ।

baba ramdev saptari2
स्वस्थ्य व्यक्तिले मात्र स्वस्थ्य काम गर्न सकिने हुँदा स्वस्थ्य रहनका लागि योग आवश्यक रहेको धारणा व्यक्त गर्दै उहाँले आर्थिक बचत तथा सामाजिकरुपमा स्वस्थ्य रहन योग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बलिप्रथाको चर्काे विरोध गर्दै अबदेखि छिन्नमस्ता भगवति मन्दिरमा बली प्रदान नगर्न तथा नगराउन आग्रह गर्दैै यसका लागि सबैले संकल्प गर्नुपर्नेमा जोड दिनुभयो ।

baba ramdev saptari
सोही अवसरमा आचार्य बालकृष्णले मानव कल्याणले नै विश्वमा शान्ति ल्याउने हुँदा मानव कल्याणका लागि योग आवश्यक रहेको प्रसंङ्ग उल्लेख गर्नुभयो । सोही कार्यक्रममा नागरिक समाजका विभिन्न व्यक्तित्वहरुले स्वामी रामदेव तथा आचार्य बालकृष्णलाई फुलमाला सहित दोसल्ला ओढाएर अभिनन्दन एवम् सम्मान गरेका छन् ।

baba ramdev saptari3 baba ramdev saptari4

तपाईको प्रतिक्रिया

trusted online casino malaysia