Rashifal copy
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मध्याह्नसम्म दिन रमाइलो हुनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै होला। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। अपराह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले सताउन सक्छ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिएलान्। श्रमको मूल्य थोरै मात्र प्राप्त होला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मेहनत गर्दा अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउला। हिम्मतले काम बनाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। जिम्मेवारी भने बढिरहनेछन्। मध्याह्नदेखि रमाइलो जमघटमा सहभागी भइनेछ।प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त होला। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तले उत्साह जगाउनेछन्।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
हल्लाको भर पर्दा दु:ख पाइएला। काममा बाधा पुर्याउनेहरूले सताउन सक्छन्। तापनि मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ। मध्याह्नपछि बाधाहरू स्वत: हट्नेछन् भने आफनो क्षेत्रमा अधिकार जमाउन सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्छ। मध्याह्नदेखि अस्वस्थताले कमजोरी अनुभव हुनेछ। काममा ढिलासुस्ती होला। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यापारमा मनग्य लाभ हुनेछ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। छोटो समयमा उपलब्धि हात पार्न सकिनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। बेसुरमा वचन दिने बानीले दु:ख पाइनेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
धेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। परिस्थितिले अलि निराश तुल्याउन सक्छ। तापनि खिन्न मनले कृत्रिम मुस्कान छर्न बाध्य भइनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
परिवारजनसँग आत्मीयता बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। कामबाट पनि फुर्सद पाइनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। मेहनतले सम्मानित स्थान दिलाउला। मध्याह्नदेखि अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। बलजफ्ती गर्ने बानीले हानि पुर्याउन सक्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
परिवारजनबाट टाढिनुपर्ला। आर्थिक अभावले सताउन सक्छ। आकस्मिक समस्याले खर्च गराउला। नहुने काममा बलजफ्ती गर्दा थप समस्या उत्पन्न हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। मध्याह्नपछि चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त होला। आफन्तसँगको भेटघाटले मन रमाउनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मेहनत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। ऋणमोचन हुने सम्भावना छ। मध्याह्नपछि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिने सम्भावना छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मध्याह्नदेखि मेहनत गर्दा आम्दानी बढ्नेछ। दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ। आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आँटेको काम तत्काल गर्न नसकिएला। अरूका लागि समय खर्चनुपर्ला। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। आफ्नै कमजोर मानसिकताले पछि परिनेछ। चुनौती देखिए पनि मध्याह्नपछि सकारात्मक नतिजा प्राप्त होला। कर्मयोग बलियो रहनेछ। पदीय जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। मेहनतले लक्ष्यमा पुर्याउनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुनेछ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मध्याह्नपछि स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। समय संघर्षपूर्ण रहनेछ।नेपालि पात्रो

तपाईको प्रतिक्रिया

trusted online casino malaysia