इनरुवा २३, कात्तिक/ जिल्ला विकास समिति सुनसरीले गत आर्थिक वर्ष २०७१।७२ मा संचालन गरेका योजना तथा कार्यक्रमहरुको समिक्षा गरेको छ ।इनरुवामा आजबाट सुरु भएको समिक्षा कार्यक्रममा जिविस मातहत रहेर संचालित ५० बढी सरकारी तथा गैरसरकारी योजना तथा कार्यक्रमहरु उपर समिक्षा थालेको हो । समिक्षा गोष्ठीको उद्घाटन गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जुनकुनै शिर्षकमा छनौट भई संचालनमा रहेका कार्यक्रमहरु लक्षित वर्ग केन्द्रित हुनु पर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेले जिल्लामा संचालित योजनाहरुको प्रभावकारिताका विषयमा आम संचार र राजनैतिक दलको खवरदारी अनिवार्य रहेको बताए । कार्यक्रमको पहिलो दिन आज विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले गत आवमा संचालन भएको योजनाहरुको प्रस्तुतिकरण गरेका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राजश्वद्वारा चिनी बरामद
राजश्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीले लौकही क्षेत्रबाट ४६ बोरा चिनी बरामद गरेको छ ।छड्के जाँचका क्रममा लौकही ...
एम्बुलेन्स चालक संघ इनरुवाको कार्य समिति सर्वसम्मत
एम्बुलेन्स चालक संघ इनरुवाको नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ ।इकाई कार्य समिति इनरुवाको आज समपन्न प्रथम वार्षिक सा...
अस्पताल सुधार संघर्ष समिति पूनः धर्नामा
अस्पताल सुधार संघर्ष समितिले मंगलबार दिउसोबाट पून: धर्ना थालेको छ । चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउदै आएको संघर्ष स...
सुनसरीमा ३२ गते सम्म निषेधित क्षेत्र कायम रहने
सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधि थप ६ दिन बढाइएको छ । २१ गते जारी निषेधित क्षेत्रको समयावधि भोली राती सकिनेमा अब ...
इनरुवाका १०० जना सबैको रिपोर्ट नेगेटिभ
साउन २१ गते इनरुवा बसपार्कमा स्वाब दिएका एक सय जना सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्थानीय नेता तथा औषधी व...
सशस्त्र प्रहरीको दुइ जनामा कोरोना
सुनसरीको दक्षिणवर्ती क्षेत्रमा कार्यरत दुइ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टी भएका दुवैज...









