bipul3

bipul17 

१९ मंसिर, इटहरी । चारैतिर सेक्युरीटी र प्रहरीले बेग्लै शुरक्षा घेरा बनाइ कडा निगरानी बढाएकाे थियाे । यस्ताे लाग्थ्याे की अाज पककै नेपालका प्रधान मन्त्रीले इटहरीमा सम्बाेधनकाे कार्यक्रम छ ।अस्ताउदै गरेकाे सुर्यको किरणले लगभग लगभग दिनकाे समयलार्इ बिदा गरेर साझ परेकाे संकेत गर्दैथियाे । त्यसमा पनि साझकाे पाँच बजे हल्का चिसाे हुन थालेकाे अनुभव जाे काेहीले गर्दै थिए । स्टेजकाे सजावट हेर्दा पनि कार्यक्रम भब्य र बिशाल जस्ताे देखिन्थ्याे ।

bipul1

bipul

चिसाे झनै बढदै गएकाे थियाे । त्यतीकैमा वरीपरि झिलिमिली र बिभिन्न प्रकारकाे लाइटहरूले चिटिक्क सिंगारीएकाे स्टेजबाट चर्काे अावाज अायाे र सबैकाे ध्यान पनि त्यतैतिर माेडीयाे । जब कार्यक्रम सञ्चालकले प्रशिद्ध गायक बिपुल क्षेत्रीकाे नाम उदघोष गरेर उनलार्इ स्टेजमा बाेलाए तब इटहरीकाे जनता प्रावीकाे खेल मैदानमा एकाएक तरङ्ग मच्चीयाे ।

याे दृष्य थियाे इटहरी स्थित जनता प्राविकाे खेल मेदानमा म्युजिक फेस्टिवलकाे अवसरमा अायाेजना गरिएकाे बिपुल क्षेत्री लाइभ कन्सर्टकाे । किप इटहरी क्लिन , केगरीरा, संगित साधना प्रतिष्ठान नेपाल , कुण्डलीनी लगायतले संयुक्त रूपमा अायाेजना गरेकाे बिपुल क्षेत्रीकाे कन्सर्टमा हजाराै दर्शकहरूले भरिपुर्ण मनाेञ्जन लिएका थिए ।

bipul10

bipul11

bipul8

“भेट भयाे अाज हामी …….सिन्डिकेट…….” बाेलकाे  गित गाउदा सुरूमा जाडाे भयाे भन्ने दर्शकहरूले समेत अा – अाफ्नाे टिसर्ट फुकाल्दै हुटीङ मच्चाएका थिए ।भिड झनै बढदै गएकाे थियाे त्याे भिडलार्इ सम्हाल्न शुरक्षामा तैनाथ प्रहरीलाृइ समेत हम्मे हम्मे परेकाे थियाे । प्रस्तुती दिइरहदा एकाएक वान्समाेरकाे नारा घन्किएकाे थियाे ।

bipul7

bipul2

बिपुल क्षेत्रीले “पानी पर्याे सरर”, “संगै भेट भयाे अाज हामी… सिन्डिकेट” , “राम साइली” , “डढेलाे लाग्याे” , “सिरिरि हावा चल्याे” , “रेल गाडी” लगायत १३ वटा गितहरू गाएर जाडाेमा इटहरीलार्इ तताएका थिए । साेही कार्यक्रममा काठमाण्डाै लगायत धरानका केही लाेकल ब्याण्डहरूले पनि प्रस्तुती दिएका थिए ।

bipul5

bipul4

कार्यक्रम सुरू हुनुभन्दा अगाडी संगित क्षेत्रका पुराना स्रस्टा प्रशिद्ध गायक सारंगी बादक शुरेस गन्धर्व , प्रशिद्ध लाेक गायक एलपी जाेशी , प्रशिद्ध गितकार गंगाराम मुकारूङ , बरिष्ठ गितकार शिव शंकर थापालार्इ नगद सहित दाेसल्ला र कदर पत्रकाे साथ सुनसरीका सिडियो लोकनाथ पौडेलले सम्मान गरिएका थिए ।

bipul12

bipul13

bipul6

bipul9

bipul16

bipul15

bipul14

bipul18

तपाईको प्रतिक्रिया

trusted online casino malaysia