Rashifal copy
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
रकम अभावले आजको योजना स्थगित हुन सक्छ। काम सम्पादन भए पनि फल अनिश्चित रहला । ठूलो भागको मोहले भएको वस्तुसमेत गुम्न सक्छ। तत्काल आम्दानीको आशा नराख्नुहोला। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउन सक्छन्। पछिका लागि गरिएको लगानीले भने अवश्यै फाइदा दिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विगतका कमजोरी बाहिर आउनाले समस्या पर्न सक्छ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। प्रतिष्ठित व्यक्तिहरूसँग वादविवाद हुन सक्छ। संघर्षपछि भने लाभ उठाउन सकिनेछ। जसको उपकार गरिन्छ, उसैबाट धोका पाइनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
सानो त्रुटिले पनि समस्या निम्त्याउला। श्रमपूर्वक समर्पित हुँदा समेत कामको मूल्य उठाउन नसकिएला। बन्दै गरेको काम स्थगित हुन सक्छ। आक्षेप लगाउनेहरूले दु:ख देलान्। पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। मेहनत गर्दा उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अरूका लागि बुद्धि खर्चनुपर्नेछ। उपलब्धिविहीन काममा समय बित्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिएला। आफनो मेहनतबाट अरूले फाइदा उठाउलान्। नयाँ काम सुरु गर्न केही समय पर्खनुहोला। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कामको चापले जीवनशैली व्यस्त रहनेछ। परिस्थिति अनुकूल रहे पनि सुविधाका लागि खर्चनुपर्ला। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ। बोली-व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। बलजफ्ती गर्ने बानीले चुनौती निम्त्याउला। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिएलान्। धैर्य एवं विवेकले काम लिने चेष्टा गर्नुहोला। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिएलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउला। नतिजाका लागि काम दोहोर्याउनुपर्ला। नयाँ योजना कार्यान्वयनमा सन्तानका माध्यमबाट काम बन्ने सम्भावना छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
मनको डरले सताए पनि परिस्थितिले साथ दिनेछ। पहिले टाढिएका आफन्तहरू नजिकिनेछन्। ईर्ष्या गर्नेहरू पनि सहयोगीका रूपमा देखा पर्नेछन्। बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा पशुधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। दिगो फाइदा हुने काम सम्पादन गर्न सकिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धी हुन सक्छन्। सोखले खर्च बढाउनेछ। कृषि तथा पशुपालनमा लगानी बढ्नेछ। पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ। अरूको विश्वास गर्दा धोका पाइनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ठीक समयमा सही निर्णय लिन सकिनेछ। मान-सम्मान प्राप्त हुनेछ भने मेहनतले सम्मानित स्थान दिलाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आँटले काम लिँदा फाइदा हुनेछ। कार्यसम्पादन गर्ने क्षमता पनि बढ्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। रमाइलो यात्राका साथै विशेष समारोहमा भाग लिने मौका छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
हिम्मतले काम लिँदा चिताएको सफलता प्राप्त हुनेछ। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। व्यापारमा मनग्य हाभ हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको गाँठो कसिएला। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सुरुमा खर्च लागे पनि पछि फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन् भने चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ला। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia