rp bhattarai kalakar nidhan1

२५ मंसिर, विराटनगर। लोकप्रिय कलाकार तथा गायक आरपी भट्टराईको निधन भएको छ । चर्चित हास्य टिभी श्रृखंलाबाट ‘राजालाम मेरो नाम’ संवादका लागि चर्चित भट्टराई बिहान सुतिरहेको अवस्थामा मृत भेटिएका हुन्। लामो समयदेखि विरामी रहेका भट्टराईको शुक्रबार विराटनगर स्थित आफ्नै घरमा निधन भएको हो ।

उनले दर्जनौं टेलिफिल्ममा अभिनय गरेका थिए तथा उनी गायक पनि हुन् । उनले गीति एल्बम पनि निकालेका छन् ।’तीतो सत्य’का अलावा भट्टराईले केही फिल्म तथा स्टेज कार्यक्रममासमेत काम गरेका छन्। उनले हास्यव्यङ्ग्य एल्बम समेत सार्वजनिक गरेका छन्।

४२ बर्षका आरपी उच्च रक्तचाप एवम मधुमेहबाट पीडित थिए। उनका श्रीमती र २ छोरा रहेका छन्। उनकी श्रीमती वैदेशिक रोजगारीका सिलसिलामा हाल इजरायलमा छिन् ।

विराटनगरमा रहेकी फूपू घरमा बिहीबार पुगेका आर पी बिहान मृत भेटिएको कलाकार एवम् निर्देशक दीपाश्रीले जानकारी दिइन्। भट्टराई चारदिन अगाडि त्यता गएका थिए। ‘विराटनगर फूपूको घरमा बेलुका खानपिन गरेर सुत्नुभएको रहेछ। बिहान फूपूले किन ढिलासम्म उठेन भनेर हेर्न जाँदा उहाँले मृत भेट्टाउनु भएछ’, दीपाले भनिन्।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia