२५ मंसिर, दिलिप साह राजविराज । गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको परिसरमा आमरण अनसनमा बसेका नेपाल सद्भावना पार्टी( गजेन्द्रवादी) का अध्यक्ष विकास कुमार तिवारीको अनसन शनिबार तोडिएको छ । अस्पतालको कुपोषण पुर्नस्थापना केन्द्रमा उपचार गराईरहेकी बालिका निलम मण्डलको हातबाट जुस पिएर तिवारीले अनशन तोडे ।

स्वास्थ्य मन्त्रालय र तिवारी बीच ४ बुँदै सम्झौता भएको स्वास्थ्य मन्त्रालयका प्रमुख प्रशासक तथा प्रवक्ता भोगेन्द्र डोटेलले जानकारी दिनुभयो ।
मन्त्रालयका प्रमुख प्रशासक डोटेल र तिवारीका बार्ता टोलीका संयोजक अशोक कुमार चौधरी सहित पाँच जनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । तिवारीका मागका बारेमा विस्तृत अध्ययन गरी समस्या समाधानका उपाय बारे प्रतिवेदन दिन प्रमुख विशेषज्ञको अध्यक्षतामा उच्चस्तरिय समिति गठन गर्ने सहमति सम्झौता पत्रमा उल्लेख छ । सो समितिलाई एक महिना भित्रमा प्रतिवेदन बुझाउने समयावधि दिइएको छ ।

तिवारीका स्थानीय मागका बारेमा प्रमुख जिल्ला अधिकारीले अनुगमन गर्ने, जनतालाई अस्पतालको सेवा सुविधाका बारेमा सुसुचित गराउन स्थानीय संचार माध्यम र होडिङ बोर्डहरु मार्फत सन्देश प्रवाह गर्ने लगायतका सहमती भएका छन् । सो अवसरमा मन्त्री थापाले तिवारीलाई आगामी दिनमा फेरी अनशन बस्नु पर्ने अवस्था आउन नदिने प्रतिबद्धता गर्नुभयो ।

मन्त्रालयले विज्ञापन गरेर आह्वान गर्दा पनि चाहिएको जनशक्ति नपाएकाले अस्पतालहरुमा विशेषज्ञ चिकित्सकसहित खाली रहेका दरबन्दीमा पदपूर्ती गर्न ढिलो भएको भन्दै पदपुर्तिकालागि नयाँ उपायहरु अप्नाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । अनशन बस्नु भएका तिवारीको माग सम्वोधनका लागि यसअघि छुट्टा छुट्टै तीन ओटा टोलीलाई बार्ता र स्थलगत अध्ययनका लागि खटाएको थियो । उनीहरुले गरेको बार्ता र छलफल सकारात्मक भएपनि तिवारीले मन्त्री थापाकै उपस्थीतिमा अनशन तोड्ने शर्त राखेपछि मन्त्री थापा मन्त्रालयको उच्चस्तरिय टोली सहित शुक्रबार सप्तारी गएका थिए । चार घण्टा बार्ता गरेपछि चारबुदेँ सम्झौता भएको प्रमुख प्रशासक डोटेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia