Rashifal copy
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। आगन्तुकले अलमल्याउन सक्छन्। पहिलेको योजना अनिश्चित बन्नेछ भने नयाँ काममा अन्योल बढ्न सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
सामान्य लाभ भए पनि श्रमको पूरा मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ। आफ्नो मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। ठूलो भागको आशा राख्दा सुनिश्चित आम्दानीसमेत गुम्न सक्छ। लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुनेछ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। शुभचिन्तकहरूको साथ लिएर काममा जुट्नुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
विशेष भेटघाटले काममा उत्साह बढाउला। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा निकै फाइदा हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सहयोगीहरूको भर पर्दा दु:ख पाइनेछ। गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धिका लागि समय पर्खनुहोला। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
रमाइलो क्षणमा समेत अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला। वादविवादमा परिनाले सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। बाध्यताका काममा अलमलिनुपर्ला। मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि सामान्य फाइदै हुनेछ। यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
मेहनतले राम्रै प्रतिफल दिलाउनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। तापनि, आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
सुखद समाचारले दिन उत्साहपूर्ण रहला। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। व्यापार, पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ उठाउन सकिनेछ। सन्तान वा अनुयायीको साथले आँटेको काममा हिम्मत जगाउनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किएला। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अरूको विषयमा चासो राख्दा व्यर्थैमा वादविवाद हुन सक्छ। अर्थ अभावले काम रोकिने सम्भावना छ। साथीभाइको भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। मानसम्मानमा आघात पुग्न सक्छ। धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। बोली-व्यवहारमा सजग रहनुहोला। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। अध्ययनमा प्रगति हुनेछ।नेपालिपात्रो

तपाईको प्रतिक्रिया

trusted online casino malaysia