- बिरेन्द्र शाह

३० मंसिर, इनरुवा। सुनसरीको सीमावर्ती घुस्की ५ र ६ बस्ने तीन जनाको घरमा बुधबार राती आगलागीबाट दुई लाख बराबरको क्षति भएको छ। आगलागीबाट घुस्कि ५ स्थित मोजुलुम हाजिमको घर तथा वडा नम्बर ६ स्थित जुल्फाकर मियाँ र ईन्तजार मियाँको घर एवं गोठ जलेको छ।

आगोले मोजुलुमको घर, नगद चालिस हजार तथा गोठ जल्दा अन्दाजी एक लाख ३५ हजार बराबरको क्षति भएको बताइएको छ। त्यस्तै आगोले जुल्फकार मियाँको गोठ र यमजुन खातुनको घर जल्दा तीन लाख पचास हजार बराबरको क्षति भएको छ। आगोमा परी खातुनको एउटा बाख्रा समेत मरेको बताइएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia