लन्डन । आयरल्यान्डको प्रहरीले एउटा शिकारी कुकुरको चोरी गरेको अभियोगमा चार जनालाई गिरफ्तार गरेको छ । बीबीसी हिन्दीका अनुसार यो कुकुरको मूल्य १० लाख युरो अर्थात् ११ करोड नेपाली रुपैयाँ बराबरको क्लेयर्स रकेट नामको यो शिकारी कुकुर टिपरेरी जिल्लाको गोल्डन गाउँबाट चोरिएको थियो । प्रशिक्षकको साथमा रहेको बेला उक्त कुकुरको चोरी भएको थियो । यो चोरीको तुलना सन् १९८३ को त्यो घटनासँगै जोडेर हेरिएको छ, जतिबेला दौडिरहेको घोडाको अपहरण गरिएको थियो ।
यो हो ११ करोडको कुकुर ! के छ यसमा खास ?
प्रहरीले क्लेयर्स रकेट सुरक्षित र ठीक अवस्थामै बरामद गरिएको तथा खुफिया विभागका अधिकारीहरु यो मामिलामा टिपरेरी गार्डामा दुई जनासँग सोधपुछ गरिरहेको जानकारी दिएको छ । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । शिकारी कुकुरहरुसम्बन्धी जानकार इयान फच्र्युनले बताएअनुसार रकेटलाई ग्रेहाउन्ड रेसिङमा सुपरस्टार मानिन्छ । रफ्तार र दौडिने कलामा यो धेरै अगाडि हुन्छ । द रेसिंग पोस्टले लेखेको छ, ‘क्लेयर्स रकेट यी वर्षहरुमा सबैभन्दा तीव्र गतिमा दौडिनसक्ने र सबैभन्दा क्षमतावान् रहेको छ ।’









