Rashifal copy
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। काममा चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक नतिजा प्राप्त हुनेछ। बाध्यात्मक परिस्थिति पार लगाउन सकिनेछ। काममा श्रम परे पनि मूल्यांकन राम्रै हुनेछ। आस मारेको कामले उत्साह जगाउनेछ। पछिका लागि सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। आफ्ना सूचना बाहिरिने हुँदा गोपनीयतामा ध्यान पुर्याउनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ। साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला। आँटेका काममा सहयोग जुटाउनेहरू प्रशस्तै भेटिनेछन्। भौतिक साधन प्राप्त हुनेछ। अरूको भर पर्दा काम अधुरो रहला। आफैं प्रयत्न गर्दा काममा आयआर्जन पनि राम्रै हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
केही समय लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। मेहनत गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। व्यवसायमा पनि मनग्य फाइदा हुनेछ। प्रतिस्पर्धाले हिम्मत जुटाउला। अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिद्वन्द्वीलाई परास्त गर्न सकिनेछ। केही चुनौतीहरू देखिनेछन् तापनि अरूले आँट्न नसकेको काम आफ्ना लागि लाभदायक बन्न सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। नतिजा कमजोर हुनाले काम दोहोर्याउनुपर्ला। नयाँ योजनामा समय पर्खनुहोला। सन्तानका माध्यमबाट काम बन्ने सम्भावना छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग होला। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। पशु र कृषिबाट सामान्य लाभ हुनेछ। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। आफ्ना योजना तत्काल सार्वजनिक नगर्नुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। छोटो समयमा गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। व्यापारमा लाभांश कममात्र मिल्नेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ। आलोचकहरूले सताउनेछन् भने सहयोगीहरू टाढिन सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुने देखिन्छ। विगतको श्रमबाट लाभ हुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। पहिलेको सफलताले काममा उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन गर्न सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिरनले व्यक्तित्व निखार्दै धेरैको आकर्षण बन्न सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। पहिलेका कामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुमाउनुपर्ने स्थिति आउन सक्छ। पछिका लागि गरिएको लगानीले फाइदा दिनेछ। आम्दानी रोकिनाले आजको योजना स्थगित हुन सक्छ। सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। आफ्नो मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
कीर्तिमानी काम गर्ने समय छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्लान्। विविध चुनौती सामना गर्नुपर्दा दिक्दारी बढ्न सक्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्नुहोला, लगनशीलताले पछि उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।नेपालि पात्रो

तपाईको प्रतिक्रिया

trusted online casino malaysia