
इनरुवा पुष १६/सुनसरीको नरसिंह गाविसमा सामाजिक सद्भावकालागि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

सामाजिक सद्भाव प्रवद्धनकालागि सांस्कृति कार्यक्रम नाम दिइएको उक्त कार्यक्रम मार्फत आपसी सद्भाव र भाइचारालाई दर्शाउने प्रयास गरिएको सहजकर्ता धिरज भट्राईले बताए ।

सामाजिक सद्भाव प्रवद्धन समिति नरसिंहले आयोजना गरेको सो कार्यक्रममा विभिन्न जातजातिको भेषभुषा र पहिचान झल्कने झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो ।


नरसिंहमा यादव, मुस्लिम, मेहता, साह लगायतका समूदायको मिश्रित बसोबास रहेको छ । यूएनडिपी तथा सिडियो सुनसरीको सहयोगमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात राज्य मंत्री सीताराम मेहता रहेका थिए ।








