PM-KP-Oliअमर काफ्ले सुनसरी/ नेकपा एमालेले मधेशी समूदायको बाहुल्यता रहेको सुनसरीको दक्षिणवर्ति क्षेत्रमा वृहत अभियान संचालन गर्ने भएको छ ।  मधेश आन्दोलनताका मधेशको पकेट क्षेत्र मानिएको सुनसरीका दक्षिणवर्ती गाविसलाई लक्षित गरी एमालले वृहत आमसभा र शक्ति प्रर्दशनको तयारी थालेको हो ।

राष्ट्रिय एकता, अखण्डता, समृद्धी र स्वाभीमान, संविधान कार्यान्वयनकालागि एमालेको अभियान भन्ने नाराकासाथ हुन लागेको कार्यक्रममा एमालेका पूर्व प्रधानमंत्रीहरु सहभागि हुने कार्यक्रम तय भएको नेकपा एमाले सुनसरीका अध्यक्ष द्धारिकलाल चौधरीले जानकारी दिए ।

सुनसरीमा मधेशी समूदायको बाहुल्यता रहेको दक्षिणवर्ति विभिन्न गाविसमा भिन्नाभिन्नै सभा र शक्ति प्रर्दशनका कार्यक्रमहरु आयोजना गर्न लागिएको अध्यक्ष चौधरीले जानकारी दिए ।मधेशी समूदायको बाहुल्य भनिएका क्षेत्रलाई लक्षित गरी पूर्व प्रधानमंत्रीलाई प्रमुख अतिथि बनाएर सभा र शक्ति प्रर्दशनको तयारी गरेको एमाले सुनसरीले जनाएको छ ।

एमाले सुनसरीका अध्यक्ष द्धारिकलाल चौधरीका अनुसार सुनसरीको हरिनगरामा पौष २५ गते पुर्व प्रधानमन्त्री माधव नेपाल लगायतका नेताहरुको उपस्थितीमा जनसभा र शक्ति प्रर्दशन हुनेछ । तयारीका लागि सवै श्रोत साधन परिचालन गरिसकिएको चौधरीले बताए ।त्यसैगरी रामगञ्ज बेलगछियामा पौष २९ गते पुर्व प्रधानमन्त्री झलनाथ खनाल लगायतका नेताहरुले जनसभालाई सम्बोधन गर्ने छन् ।माघ ४ गते दुहवीमा नेता ईश्वर पोखरेल लगायतका दोस्रो तहका नेताहरुको सहभागितामा  जनप्रर्दशन गरिने छ भने माघ ११ गतेका दिन सुनसरीको लौकही र रामनगर भुटाहामा केन्द्रीय कमिटीका सचिव भीम आचार्य लगायतका नेताहरुको अगुवाईमा सभा र प्रर्दशन हुने नेकपा एमाले सुनसरीले जनाएको छ ।

सुनसरीको मधेश केन्द्रित दलहरुको पकड मानिएका क्षेत्रहरुमा गरिने सभाको सन्देश देशभरी फैलाउने उद्येश्यसाथ अन्तिम चरणमा सुनसरी सदरमुकाम इनरुवामा रहेको जेल मैदानमा वृहत सभा सहितको जनप्रर्दशन हुने बताइएको छ । अध्यक्ष चौधरीले दिएको जानकारी अनुसार उक्त जनसभालाई पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्ने छन् ।सुनसरीका विभिन्न दक्षिणवर्ति क्षेत्रमा संचालन गरिने पार्टीको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन एमाले सुनसरीले युवा संघ र अनेरास्ववियुको नेतृत्वमा १ हजार जना युवा शक्ति परिचालनको तयारी सुरु गरिसकेको जनाएको छ ।

एमालेले मधेशको मसिहा भनेर चिनिएका नेता उपेन्द्र यादवको निर्वाचन क्षेत्र नम्वर ५ को लौकही, हरिनगरा र भुटाहाका साथै मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको क्षेत्र रामगञ्ज बेलगछिया र दुहवीमा जन सभा गर्न लागेको हो ।
मधेशी मोर्चाले क्षेत्र नम्वर १ लाई जसरी पनि टुक्राइनु पर्ने अडान लिँदै आएको छ । केही साताअघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्त गरेको सुनसरीको दक्षिणी भूभाग भएपनि २ नम्वर प्रदेशमा गाभिनुपर्ने आशयको समाचार बाहिरिएको थियो । जिल्ला टुक्राउने बारेको बहस चल्न थालेसँगै एमालेले सो क्षेत्रमा शक्ति प्रर्दशनको तयारी थाल्न लागेको एमाले स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia