manab adhikat aayog radha muder case
इनरुवा पुष २१ सुनसरी/ सुनसरीको लौकहीमा एक महिनाअघि भएको बालिका हत्याको घटनाको अनुसन्धानमा भैरहेको ढिलासुस्ती प्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय बिराटनगरले घटनाको सत्य तथ्य बाहिर ल्याउन भैरहेको ढिलाई र अनुसन्धानबारे जिल्ला प्रहरी कार्यालय सुनसरीसँग  जानकारी माग्ने भएको छ ।

क्षेत्रीय निर्देषक झंकर बहादुर रावल सहितको टोलीले इनरुवामा अधिकारकर्मी तथा स्थानीय जानकारहरुसँग भेटेर घटनाका बारेमा थप जानकारी समेत लिएको छ । निर्देषक रावलले आयोगले समेत घटना दर्ता गरी अनुगमनको कार्य अघि बढाएको जानकारी दिए । स्थानीय प्रहरी प्रशासनका साथै पीडित परिवार र स्थानीयहरुसँग नजिक रहेर वस्तुस्थिती बुझ्ने कार्य जारी रहेको रावलले बताए ।

घटना भएको एक महिना बितिसक्दा समेत दोषी पत्ता लाग्न सकेको छैन् । अनुसन्धान जारी रहेको बताउँदै आएको सुनसरी प्रहरीले केहिदिन भित्र वास्तविकता बाहिर ल्याउने जनाएको छ ।बालिकाका आफन्त तथा स्थानीयहरुले सामूहिक बलात्कार पछि हत्या भएको बताउँदै आएका छन् । कक्षा ७ मा अध्ययरनत १४ वर्षिया राधा मंसिर २१ गते घरनजिकै धानखेतमा मृत भेटिएकी थिइन् ।

यो पनि पढ्नुहोस्

बलत्कारीलाई कार्वाहीको माग राख्दै लौकहीमा वृहत प्रदर्शन

तपाईको प्रतिक्रिया

trusted online casino malaysia