harinagara uml madhab nepal program3
२५ पुष, सहयोगी सुरज पौदारको साथमा अमर काफ्ले,  हरिनगरा । पूर्व प्रधानमंत्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पाटीको आमसभालाई सम्बोधन गर्न हरिनगरा जाने कार्यक्रम तय भएपछि सो क्षेत्रमा आज विहानैबाट मोर्चा सम्वद्ध नेता तथा कार्यकर्ताहरुले प्रर्दशन थालेका छन् ।

harinagara uml madhab nepal program2
एमालेको आमसभा र शक्ति प्रर्दशनलाई लक्षित गरी मधेशी दल आवद्ध नेता कार्यकर्ताहरुले बजार क्षेत्रमा टायर बाली प्रर्दशन गर्नुका साथै बजार पसल बन्द गराएका छन् ।

harinagara uml madhab nepal program1
जिल्लास्थित मधेशवादी दलहरुले विरोध कार्यक्रमको अगुवाई आफुहरुले नगरेको बताएपनि मोर्चा सम्वद्ध नेता कार्यकर्ताहरु सडकमा एमाले विरोधी नाराबाजीमा उत्रिएका छन् ।

harinagara uml madhab nepal program
हरिनगरामा हिजो साँझनै मधेशवादी दलका प्रतीनिधीहरुको उपस्थितीमा एमाले विदाई कार्यक्रम आयोजना गरिएको थियो । एमालेले मधेशमा संविधान बारे छरिएका भ्रम चिर्न मधेशवादीको पकट मानिएका क्षेत्रमा सभा गर्न लागेको जनाएको छ । सभा विथाल्ने प्रयास हुन सक्ने भन्दै विहानैबाट हरिनगरा क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको छ ।

uml lachi banda harinagra bazar
कार्यक्रमको सुरक्षा बन्दोवस्ती र स्थानीयको अवरोधलाई मध्यनजर गर्दै ससस्त्र र जनपथ गरी २ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गराइएको छ । हरिनगरा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी क्षेत्र हो ।

uml lachi banda harinagra bazar2
मोर्चाले हरिनगरामा एमालेले गर्न लागेको सभा र शक्ति प्रर्दशनलाई गुम्दो साखको रुपमा लिँदै कार्यक्रममा अवरोध पुर्याउन सक्ने संकेत गरेको छ । हरिनगरामा हुने माधव नेपालको सम्बोधन लक्षित गरी असन्तुष्ट पक्षले विरोध सभा तथा प्रर्दशनको तयारी समेत थालेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia