कार्यकर्ता ओसार्न प्रयोग गरिएको बसमा आगजनी प्रयास, एकमा तोडफोड

madhab nepal harinagar1

पुष २५ हरिनगरा/ मोर्चाको अवरोधकावीच नेकपा एमालेले सुनसरीको दक्षिणवर्ति गाविस हरिनगरामा आमसभा गरेको छ ।
मोर्चाको पकट क्षेत्र मानिएको हरिनगरामा नेकपा एमाले सुनसरीले आयोजना गरेको सभालाई सम्बोधन गर्न पूर्व प्रधानमंत्री तथा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल त्यहाँ पुगेका थिए ।

madhab nepal harinagar
विहानैबाट बजार बन्द गरी प्रर्दशनमा उत्रिएका मधेशी दल सम्वद्ध नेता तथा कार्यकर्ताहरुको हुलले कार्यक्रम विथोल्ने प्रयास गरेपनि बाक्लो सुरक्षा तैनाथीका कारण सम्भव भने हुन सकेन् ।

madhab nepal harinagar2
कार्यक्रम विथोल्न सक्ने सम्भावनालाई लक्षित गरी प्रहरीले प्रर्दशनकारीहरुलाई बजार क्षेत्रमै रोकेपनि कार्यकर्ता ओसार्न प्रयोग गरिएका यात्रु बसमा तोडफोड र आगजनीको प्रयास भएपछि स्थिती केहिबेर तनावपूर्ण बनेको थियो ।

madhab nepal harinagar3
आगजनी र तोडफोडमा संलग्न अशोक मेहता र इरफान अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रर्दशनकारीले बसमा पेट्रोल बम प्रहार गरेका थिए । आगो तत्काल निभाइएकाले क्षति भने हुन पाएन् । प्रहरीले ५ बोतल पेट्रोल बम समेत बरामद गरेको छ ।
प्रर्दशनकारीका तर्फबाट ढुङ्गामुढा हुन थालेपछि प्रहरीले उनिहरुलाई लखेटेको थियो । सो क्रममा केही मोर्चा कार्यकर्ता सामान्य घाइते समेत भएका छन् ।

madhab nepal harinagar4
सभालाई सम्बोधन गर्दै नेता नेपालले मधेशमा संविधान बारे छरिएका भ्रम चिर्न मधेशवादीको पकट मानिएका क्षेत्रमा सभाको आयोजना गरिएको बताए । नेता नेपालले एमाले मधेश विरोधी नभएको र राष्ट्रको हीत चाहने पार्टी भएको भन्दै मधेशवादी दलले छरेको भ्रम चिर्न एमालेले जनजागरण अभियानको थालनी गरेको बताए ।  एमालेको सभामा सहभागि हुन हरिनगरा सहित आसपासका ग्रामिण भेगबाट सर्वसाधारण कार्यक्रम स्थल पुगेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia