२६ पुष, अमर काफ्ले इनरुवा । इनरुवामा यहि पुष २९ गते माघी महोत्सव २०७३ मनाउन लागिएको छ । थारु कल्याणकारिणी सभा इनरुवा नगर कार्य समितिले आयोजना गर्न लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष मोहीनारायण चौधरीले जानकारी दिए ।
कार्यक्रमलाई बहुजातिय सांस्कृतिक प्रदर्शनीका रुपमा संचालनमा ल्याउन लागिएको चौधरीले बताए । महोत्सवको पूर्व उपप्रधान मंत्री विजयकुमार गच्छेदारले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । इनरुवा ७ मा रहेको शैक्षिक तालिम केन्द्रमा आयोजना हुने माघी महोत्सवकालागि तयारी अन्तिम चरणमा पुगेको छ ।
स्टेज निर्माण लगायतका कामलाई तिव्रता दिइएको थारु कल्याणकारिणी सभा इनरुवाले जनाएको छ । थारु जगृति क्लब इनरुवा सहयोगी संस्था रहेको महोत्सवमा थारु परिकार प्रर्दशनीका साथै पारम्पारिक थारु खानपानको व्यवस्था मिलाइएको सभाका अध्यक्ष मोहीनारायण चौधरीले बताए ।
शास्त्र अनुसार माघ १ मा सूर्य मकर राशिमा प्रवेश गरि उत्तरायणमा प्रवेश गर्दछ । यो पर्ब बाहुन, क्षेत्रि, नेवार र थारु समुदायमा विशेष पर्बको रुपमा मनाईन्छ । समुदाय अनुसार यो पर्व फरक ढंगले मनाईने भए पनि थारुहरुले यसलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।








