Rashifal copy
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका हुन सक्छ। स्वास्थ्यगत कमजोरीले काममा जुट्न नसकिएला। तापनि रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। व्यावसायिक काममा मेहनतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विचारले धेरैलाई आकर्षण गर्ने बेला छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू पनि बढ्नेछन्। बोलीको भरमा काम सम्पादन हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। विशेष सभा-समारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले मनमा आनन्द दिलाउनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
केही खर्च भए पनि काममा लगानी बढाउने समय छ। तत्काल उद्देश्य भने पूरा नहुन सक्छ। शोखले खर्च बढाउनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। आफन्तजनबाट टाढिनुपर्ला। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ। तापनि प्रयत्न गर्दा चिताएको काम सम्पादन हुनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् भने दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अवसर प्राप्त भए पनि तत्काल ठूलो उपलब्धि नहुन सक्छ। अरूका जिम्मेवारीसमेत वहन गर्नुपर्ने अवस्था आउला। आशा देखाउनेहरूबाटै धोका पाइएला। ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन् भने कामको गतिमा कमी आउने सम्भावना छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला आइलाग्नेछ। कमजोरीले पनि सताउन सक्छ। लक्ष्य प्राप्त गर्न केही समय प्रतीक्षा गर्नुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतले विशेष स्थान दिलाउन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रसिद्धि पनि बढ्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिँदा फाइदा हुनेछ। भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन्। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। तत्काल लाभ नभए पनि पछिका लागि सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। पहिले आस मारेको कामले उत्साह जगाउनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
धन तथा ज्ञानको भण्डार बढ्ने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। धेरैको मन लोभ्याउने प्रगति हासिल हुनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। व्यापारमा मनग्य लाभ लिने समय छ। व्यवसायले यात्रा गर्ने अवसर समेत दिलाउन सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। फाइदा नहुने काममा जुट्नुपर्ला। अधिकारका लागि संघर्षमा उत्रनुपर्ने हुन सक्छ। काम र व्यवसायमा धेरै फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धीहरू बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। तापनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। तापनि पहिलेका कमजोरी सच्याउने मौका छ। टाढिएका आफन्तसँग आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ हुनेछ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। परिवारजनको साथले उत्साहित भइनेछ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia