२७ पुष, दिपेन्द्र यादव इनरुवा । सुनसरी सदरमुकाम इनरुवा २ शान्ति चौकमा मंगलबार राती तिन जनाको घरमा चारी भएका छ । मंगलबार राती करिव १०ः३० बजेको समयमा उद्योग वाण्ज्यि संघ इनरुवाका पुर्व अध्यक्ष समेत रहेका कैलाश पंचरियाको घरमा संचालित रहेको पंचारिया सेलर मिल बाट पुराना फलामको पार्टपुर्जा चोरी भएको हो ।

घरमा एक्कासी विधुत लाइन कटेपछि टर्च लाइट र लाठी लिएर मिलमा कार्यरत्र रहेका कामदार तथा कैलाश पंचरिया लगायत परिवारका अन्य सदस्यहरु घरबाट मिलको कोठामा पुग्दा मिलको ढोका फुटाई चोरले चोरी गरेर फरार भएको  पंचारियाले बताएका छन् । पंचरियाले बताए अनुसार चोरहरु मिलमा रहेको तिन थान मोटर चोर्न आएको हुन सक्ने अनुमान गरीएको बुझिएको छ ।

यता मंगलबार राती नै पंचरियाको घर छेउमै रहेको अन्य दुई जनाको घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।प्रहरीले दिएको जनाकारी अनुसार विजय गुप्ताको लेडिज साईकल एक थान र भोला पोखरेलको घरबाट मोटर जडान गरिएको तार काटि चोरहरुले लगेको जनाईएको छ । यसैगरी इनरुवामा बारम्बार चोरी भईरहदा प्रहरीले आफनो नियमित गस्ति बढाएपनि चोरीमा सकृय रहेको गिरोहलाई नियन्त्रणमा ल्याउन नसकेको स्थानियहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia