इनरुवा ५ माघ/ कोशी टप्पु वन्यजन्तु आरक्षमा बँदेलको आक्रमणमा परी तीन स्थानीय घाइते भएका छन् ।आरक्षमा खर काट्न गएका स्थानीय बँदेलको आक्रमणमा परेका हुन् । बँदेलको आक्रमणमा परी पश्चिम कुशाहा ८ की रीना उराँव सहित संगिता चन्द्रवंशी र राम उराँव घाइते भएका हुन् ।
घाइते मध्ये रीनाको अवस्था गम्भिर रहेको आरक्ष कार्यालयले जनाएको छ । कोशी टप्पु वन्य जन्तु आरक्षमा खर कटाईका लागि आजबाट तीन दिन स्थानीयलाई प्रवेश खुल्ला गरिएको छ । हरेक वर्षजसो आरक्षमा खर काट्न पुग्नेहरु अर्ना र बँदेलको आक्रमणमा पर्ने गरेका छन् ।








