badel

माघ ५ सुनसरी /कोशी टप्पु वन्यजन्तु आरक्षमा बँदेलको आक्रमणमा परी चार स्थानीय घाइते भएका छन् । आरक्षमा खर काट्न गएका स्थानीय बँदेलको आक्रमणमा परेका हुन् ।बँदेलको आक्रमणमा परी पश्चिम कुशाहा ८ की रीना उराँव सहित संगिता चन्द्रवंशी र राम उराँव घाइते भएका हुन् । त्यसैगरी पश्चिम कुशाहा ९ का चन्द्रदेव मेहता समेत बँदेलको आक्रमणमा परी घाइते भएका छन् ।

घाइते मध्ये रीना र चन्द्रदेवको शरिरमा गम्भिर चोट लागेको छ । उनिहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको आरक्ष कार्यालयले जनाएको छ ।कोशी टप्पु वन्य जन्तु आरक्षमा खरखडाईका लागि आजबाट तीन दिन स्थानीयलाई प्रवेश खुल्ला गरिएको छ ।हरेक वर्षजसो आरक्षमा खर काट्न पुग्नेहरु अर्ना र बँदेलको आक्रमणमा पर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia