uml program laukahi3
माघ ११ लौकही /नेकपा एमालेले सुनसरीको लौकहीमा कडा सुरक्षा घेराकावीच सभाको आयोजना गरेको छ । मधेश आन्दोलनताका मोर्चाको पकट एरिया मानिएको लौकहीमा एमालेले आज मधेश जागरण सभाको आयोजना गरेको हो । मोर्चा कार्यकर्ताको अवरोधलाई मध्यनजर गर्दै विहानैबाट कार्यक्रम स्थलका साथै आसपासको क्षेत्रमा बाक्लो सुरक्षा बन्दोवस्ती मिलाइएको थियो ।

 uml program laukahi
मोर्चाले सभालाई लक्षित गरी टायर बालेर सडक अवरुद्ध गर्ने प्रयास गरेपनि प्रहरीले उनिहरुलाई पछि हटाएको थियो । एमाले विरोधी नाराबाजी सहित मोर्चा कार्यकर्ताहरुले लौकही बजार क्षेत्रमा केहीबेर कालो झण्डा सहित प्रर्दशन गरेका थिए । लौकहीमा आयोजित सभालाई एमालेका सचिव भीम आचाय, सांसद लालबाबु यादव सहित जिल्ला नेताहरुले सम्बोधन गरेका छन् ।

uml program laukahi1
सभालाई सम्बोधन गर्दै पार्टी सचिव भीम आचार्यले एमालेलाई बदनाम गराउन मधेशमा गलत ब्याख्या गरिएको भन्दै एमाले मधेश विरोधी नभएको स्पष्ट पार्नु भयो । यतिबेला एमालेका केन्द्रिय स्तरका नेताहरु मधेशमा पार्टीका बारेमा छरिएको भ्रम चिर्न भन्दै विभिन्न सभामा सहभागि भैरहेका छन् । यसअघि सुनसरीको दक्षिणवर्ति गाविसहरुमा आयोजित सभालाई एमालेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र इश्वर पोखरेलले सम्बोधन गरिसकेका छन् ।

uml program laukahi2

तपाईको प्रतिक्रिया

trusted online casino malaysia