- अमर काफ्ले

११ माघ, इनरुवा। साईबेरियन एवम घुमन्ते चराका लागि स्वर्गभूमि मानिदै आएको सुनसरी सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोशीटप्पु बन्यजन्तु आरक्ष क्षेत्रमा सप्तकोशी नदीले पश्चिमकुशाहाबाट पूर्वी तटबन्ध भत्काएपछि बासस्थान अभावका कारण चराहरु आउने क्रम पनि घटिरहेको छ ।

तटबन्ध भत्किएपछिको परिस्थितिले कोसीटप्पु बन्यजन्तु आरक्ष र आसपास क्षेत्रमा बासस्थान मासिंदै गएपछि विभिन्न मुलुकबाट आउने चराचुरुंङ्गीको संङ्ख्या घट्न थालेको छ । चरा अध्ययनका लागि प्रमुख केन्द्र मानिदै आएको कोसीटप्पुमा केही वर्षयता चराहरुको आउने क्रममा पनि निकै कमी देखिन थालेको त्यस क्षेत्रका स्थानीयवासीले बताएका छन  । सात वर्षअघि सप्तकोसीको बाढी पस्दा सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्ष र आसपास क्षेत्रका कतिपय सिमसार मासिएका थिए । भएका सिमसार पनि जलकुम्भी झारले ढाकिएका अनि सफाइमा आरक्षले ध्यान नदिइएकाले चराहरुका लागि बासस्थान अभाव हुँदै आएको पाईएको छ ।

पर्यटन संरक्षण समिति सुनसरीका कुर्बान मन्सुरीले सप्तकोसी कटान र त्यसपछिको मानवीय गतिविधिका कारण सिमसार क्षेत्रहरु सुक्न थालेका छन् । यसले गर्दा चरा विचरण क्षेत्र उराठ बनेका छन् । जाडो याम सुरु भएपछि यस क्षेत्रमा साइबेरिया, पाकिस्तान, चीन, अफगानिस्तान, भारत र दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकबाट टप्पुमा आउने चराहरु विस्तारै देखा पर्न छाडेको मन्सुरीले भन्नुभयो ।
पछिल्लो समय कोसीटप्पुबाहेक मोरङ र सुनसरीका विभिन्न स्थानमा रहेका अग्ला रुखहरुमा चराहरु बसेका देखिन्छन् । चराको संख्या घटेकैले सिमसार क्षेत्रमा वर्षे्नि आउने दुर्लभ चराहरुको अवलोकन र अनुसन्धान गर्न आउने चरा अनुसन्धान समूहहरु पनि घटेका छन् ।

आसपास क्षेत्रका खेतबारीमा विषादीको प्रयोग बढ्नुले पनि चराहरुको गतिविधि प्रभावित भएको पाइएको मन्सुरीको विश्लेषण छ ।
कोसीटप्पुको सिमसार क्षेत्रमा विश्वमै दुर्लभ मानिएका सहित पाँच सयभन्दा बढी प्रजातिका चराहरु पाइने तथ्यांङ्क छ । यसैगरी सो क्षेत्र दुर्लभ नीलगाईलगायत जर्नाको  पनि मुख्य बाससस्थान समेत रहँदै आएको आरक्ष क्षेत्रका पर्यटन प्रवर्धन क्षेत्रमा सक्रिय रहँदै आउनु भएका आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहको भनाई रहेको छ ।

आरक्षमा पिंटेल, मलर्ड, गुज, रेडिसियल डक, बारहेडेड गुज लगायतका पाहुना चरा आउने गरेको कोसीटप्पुमा पाहुना चराहरु आएर बच्चा कोरलेपछि हुर्काएर फर्कने गरेको चराविज्ञहरुले बताउने गरेका थिए का छन् । यसैबीच, हिमालयन नेचर नामक संस्थाले कोसीटप्पुमा चरा गणना सुरु गरेको छ । चराविज्ञ बद्री चौधरीको नेतृत्वमा अहिले कोशीटप्पु बन्यजन्तु आरक्षभित्र, चतराबाट कोशीब्यारेजको पुलसम्मको क्षेत्र अनि बर्जुताल, उर्लाबारी, बेतना र तरहरा लगायत क्षेत्रमा चराको अवस्थाबारेमा अध्ययन भइरहेको उहाँले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia