१७ माघ, इनरुवा। सुनसरीको एक्म्बामा प्रहरी र हतियारधारी समुहबीच गोली हानाहान भएको छ । प्रहरीले घटनास्थलबाट दुई थान पेस्तोल, तीन राउण्ड गोली र लागू औधष समेत बरामद गरेको छ ।
आज दिउसो २ बजेतिर मोटरसाइकलमा सवार प्रहरीलाई लक्षित गरी गोली प्रहार भए पछि जवाफी कारवाहीमा तीन जना घाइते भएको हो ।
घाइतेहरुको उपचार धरान स्थित बि. पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भै रहेको जानकारी प्राप्त भएको छ भने गोली हानाहान कारण भने खुल्न नसकेको र थप अनुसन्धान गरिहेको प्रहरीले जनाएको।












