din-bhari mahesh manisha3

काठमाडौं / आफ्नो शृंगार, हिल जुत्ता, विग र लुगा देखाउँदै मनिषाले भनिन्, “केटी बन्नु साँच्चिकै महंगो छ ।” तीन हप्ता भयो महेश महिलाको रुपमा बाहिर निक्लन थालेको । यद्यपि परिवार र साथीभाइका अगाडि उनी यही रुपमा देखिइसकेका छैनन् । दिउँसो व्यापारी र निष्ठावान छोराको भूमिकामा रहने महेश राति मनिषा बन्छन् । यो महिला रुप उनलाई सहज र आत्मीय लाग्छ ।

गत साताको एक साँझ मनिषाको शृंगार गरिरहेकी मुना पनि यस्तै दोहोरो जीवन बाँचिरहेकी छन् । महिला बन्ने चाहना पूरा गर्न मनिषाभन्दा मुनालाई गाह्रो छ । परिवारसँग सगोलमै बस्ने उनलाई राति घरबाट निस्कँदा ठूलै योजना बनाउनु पर्छ, विभिन्न बहाना र झुटको सहारा पनि चाहिन्छ ।

मुना र मनिषा रोलीको अपार्टमेन्टमा थिए त्यस दिन । आफ्नी संरक्षक रोलीलाई उनीहरु ‘आमा’ भन्छन् । “बाहिर रानी बनेर हिंड्नु सजिलो छैन,” मनिषा भन्छिन्, “पहिलेदेखि रानी बनेकाहरु आफ्नो क्षेत्रमा नयाँलाई देखेपछि आक्रमक हुन्छन् ।” यस्तो बेला कुनै ‘रानी’ को संरक्षणमा बाहिर निस्कँदा सजिलो र सुरक्षित भइने उनले बताइन् ।

din-bhari mahesh manisha2

पोहोरमात्रै ‘बाहिर’ निस्किएकी रोलीका मुना र मनिषाजस्ता ९ जना ‘छोरी’ भइसकेका छन् । रोली निकै स्नेही र सिकारुलाई नौलो रुपमा सहज अनुभव गराउन सिपालु भएकाले उनका धेरै ‘छोरी’ भएको मनिषा बताउँछिन् ।

आफ्नो शृंगार, हिल जुत्ता, विग र लुगा देखाउँदै मनिषाले भनिन्, “केटी बन्नु साँच्चिकै महंगो छ ।” तीन हप्ता भयो महेश महिलाको रुपमा बाहिर निक्लन थालेको । यद्यपि परिवार र साथीभाइका अगाडि उनी यही रुपमा देखिइसकेका छैनन् ।
शुरुमा यो परिवर्तन साँच्चिकै डरलाग्दो हुनसक्छ, तर त्रास र अनिच्छालाई कसरी सम्हाल्ने भन्ने रोलीलाई ठ्याक्कै थाहा छ,” उनी भन्छिन् ।फरासिली रोलीले आफ्ना कुरा सहजै सुनाइन् । चितवनमा रमेशका रुपमा जन्मे–हुर्केकी उनलाई आफू फरक छु भन्ने सानैदेखि थाहा थियो । “खै किन हो मैले आफूलाई केटीजस्तै महशुस गर्थें, फेसबुकको फेक अकाउण्ट मार्फत आफूजस्ता धेरैसँग सम्पर्क हुन पुग्यो,” उनले भनिन् ।

फेसबुकमा भेटिएको एकजना साथै आफ्नै गाउँको भनेपछि उनले भेट्ने निधो गरिन् । अचम्म ! ऊ त रमेशकै साथी बिक्रम रहेछ (अहिले निरजा) । चितवनको आफ्नो गाउँमा रमेश र बिक्रम भएर घुमेका उनीहरु अहिले काठमाडौंका गल्लीमा रोली र निरजा बनेर स्कुटरमा हुइँकिरहेका भेटिन्छन् ।

 din-bhari mahesh manisha1
काठमाडौंका मुना र मनिषाभन्दा निरजाको दोहोरो जीवन धेरै सहज छ । वर्षमा एकदुई पटक चितवन जाँदा मात्रै उनले आफ्नो ‘बिक्रम’ रुप धारण गर्नुपर्छ बाँकी समय उनी निरजा नै हुन्छिन् । सौन्दर्य प्रतियोगितामा भाग लिइसकेकी उनलाई फोटो खिचाउन पनि कुनै आपत्ति छैन ।“हाम्रो अवस्थाबारे मिडियामार्फत चेतना जगाउन सकियो भने अभिभावक सामू आउन सहज हुन्छ होला,” नक्कली परेला लगाउँदै गरेकी निरजाले भनिन् ।

अर्कोतिर मनु भने महिनामा केही दिनमात्रै महिला बन्छिन् बाँकी समय उनी कलेजको होस्टेलमा बस्ने विकास नै हुन् । कलेजको होमवर्क र परीक्षामा व्यस्त हुँदा धेरै बाहिर निस्कन नपाउने उनको महिला जीवन गोप्य नै छ ।

“परिवारको एक मात्र छोरो भएकोले पनि अभिभावकलाई आफ्नो बारे भन्न सक्दैन,” मनुले भनिन्, “पढाई सक्काएर आत्मनिर्भर बनेपछि मात्रै सबैलाई भन्नेछु ।”

उनले थपिन्, “जीवन धान्नका लागि पुग्ने कमाई गरेर छोराकोे कर्तव्य पूरा गर्न सकें भने बुवा–आमाले पनि मलाई महिलाका रुपमा स्वीकार्न सक्नुहुन्छ होला ।

हामीलाई सताउँछन् । पुलिस, जड्याँहा र ड्रग एडिक्टहरु पिछा गर्छन्, अनेकौं नामले बोलाउँछन, दु:ख लाग्छ ।”यती हुँदाहुँदै पनि ‘रानी’ बनेर बाहिर निस्किरहेका उनीहरुलाई समाजले पूर्णरुपमा स्वीकार्ने दिनको प्रतीक्षा छ ।

शर्मिलालाई भने दोहोरो जीवन बाँच्नुपर्ने वाध्यता छैन, उनी खुलेरै ‘बाहिर’ आइसकेकी छन् । “अझै सजिलो त छैन, अनेकौं नामले बोलाउँछन मानिसहरु,” शर्मिला भन्छिन्, “तर घरमा आमाले मलाई यही रुपमा स्वीकारिसकेकाले धेरै सहज छ ।”

उनको हातमा लेखिएको ट्याटू ‘शंकर चौधरी’ ले भने उनलाई आफ्नो विगत सम्झाइरहन्छ । “मेटाउन सकिन्छ तर, १८ हजार रुपैयाँ लाग्ने भएकोले वास्ता गरेकी छैन,” उनले हाँस्दै भनिन् ।

शर्मिला महिलाका रुपमा देखिन थालेपछि उनको परिवारले धामी–झाँक्री, झारफुक सबै गराए, बिहे गर्नका लागि केटी देखाए तर, केही सीप लागेन ।

din-bhari mahesh manisha

 यता शर्मिला (शंकर) भने आफ्ना दाजुभाइसँग खेल्न छोडिन्, आफ्ना वरिपरी केटा देख्दा उनलाई लाज लाग्न थाल्यो । बरु कुर्तासलवार लगाएर आमालाई भान्साको काममा सघाउनु उनका लागि सहज भयो ।
“जहिले पनि मभित्र केही ठूलै गल्ती भएको छ जस्तो लाग्थ्यो, म किन आफ्ना दाजु बहिनीहरुजस्तै सामान्य छैन ? किन म गलत शरीरमा फसेकी छु ? मलाई ट्रान्सजेन्डरका बारेमा केही थाहा थिएन,” उनले भनिन् ।
अन्तत्वगत्वा बैंकमा काम गर्ने उनलाई एकजना उनीजस्तै व्यक्तिले ‘ब्लू डायमण्ड सोसाइटी’ मा पुर्‍याएपछि थाहा भयो, उनीमाथि केही गलत भएको रहेनछ । अहिले एकजना ट्याक्सी ड्राइभरकी दोस्री पत्नी भएकी शर्मिलाले फ्रेम गरिएको विवाहको फोटो गर्वसाथ देखाइन् । “हरेक केटीले आफ्नो विवाहको सपना देखेकी हुन्छे, मैले पनि विवाह गरें,” उनले भनिन् ।
खुशी र सहज देखिने शर्मिला आफ्नो भविष्य भने अनिश्चित भएको बताउँछिन् । “एउटा सानो पसल खोल्ने र बाबु–आमा गुमाएका भतिजा–भतिजीलाई पढाउने योजना छ । मलाई अन्टी भन भन्छु तर, उनीहरु सुन्दै सुन्दैनन्”
(नाम परिवर्तन गरिएको छ)

तपाईको प्रतिक्रिया

trusted online casino malaysia