२० माघ, इनरुवा । बुधवार भएको राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अधिवेशनबाट नगर अध्यक्ष पदमा पारसमणि यादव चुनिएका छन्। इनरुवा ७ निवासि यादव बिगत केहि बर्ष देखि स्थानिय बजारमा यमहा शो रुम सञ्चालन गर्दै आएका हुन।
केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख सुरेश आचार्य, केन्द्रीय सदस्य प्रेमप्रसाद भट्टराई, केन्द्रीय सदस्य हसबुल मियाँ, जिल्ला अध्यक्ष रोहितबहादुर कार्की, युवक संगठनका केन्द्रीय सदस्य आकाश शुब्बा, तराई मधेस संगठनका केन्द्रीय सदस्य रामविलास मेहता, महिला संगठनका केन्द्रीय सदस्य पुण्य माया चौधरीलगायतको सहभागिता रहेको थियो भने अधिवेशनको प्रमुख अथिति पार्टीका केन्द्रीय महामन्त्री नरेन्द्रकुमार चौधरी हुनुहुन्थियो।
इनरुवा १ स्थित पार्टी कार्यालयमा भएको प्रथम नगर अधिवेशनबाट सदस्य पदमा मोहीनारायण चौधरी, भवानीप्रसाद निरौला, बबिता स्वर्णकार, हेमराज भट्टराई, प्रकाश पोखरेल, मिनादेवी विक, बेचु मेहता, राजेश बर्मा, हिरा पोखरेल, रमानन्द ठाकुर, कन्हैया पोद्दार, रामपरि साह, हरिनारायण दास मेहता, धर्कबहादुर बस्नेत, झमक कार्की, कल्पना अर्याल, राजोदेवी राजधामी, नेत्रप्रसाद अधिकारी, लक्ष्मी चौधरी, हरिचन्द मण्डल, मोहन विष्ट, विनोद गिरी चयन गरेको हो।








