Rashifal copy
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। आगन्तुकले अलमल्याउन सक्छन्। पहिलेको योजना अनिश्चित बन्नेछ भने नयाँ काममा अन्योल बढ्न सक्छ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। तापनि मिहिनेत गर्दा गुमेको अवसर पुन: प्राप्त हुन सक्छ। टाढैबाट भए पनि आफन्तले साथ दिनेछन्। अवसरका लागि दौडधुप गर्नुपरे पनि लगनशीलताले बिग्रन लागेको काम बन्नेछ। तत्काल फाइदा लिँदा भविष्यमा लाभांश कमजोर हुने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
सामान्य लाभ भए पनि श्रमको पूरा मूल्य प्राप्त नहुने अवस्था देखिन्छ। आफ्नो मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। ठूलो भागको आशा राख्दा सुनिश्चित आम्दानी समेत गुम्न सक्छ। लाभांश सुरक्षित वा सञ्चय गर्न नसकिएला। कर्जा लिएको रकम सरसापटमा लगानी गर्नुपर्ने परिस्थिति आउन सक्छ। शुभचिन्तकहरूको साथ लिएर काममा जुट्नुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
पुरुषार्थी काम प्रारम्भ हुनेछ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नैले समस्या निम्त्याउनेछन्, साइनो गाँस्नेहरूबाट पनि सजग रहनुहोला। व्यवसायमा प्रतिस्पर्धा गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तापनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तारिफयोग्य काम सम्पादन हुनेछ भने प्रशंसकहरू पनि बढ्नेछन्। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। तर सामान्य कामलाई पनि निकै मेहनत गर्नुपर्ला। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउन सक्छन्। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। शुभचिन्तकहरूको साथ लिएर काममा जुट्दा फाइदा हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने स्थिति आउला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सहयोगीहरूको भर पर्दा दु:ख पाइनेछ। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्न सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
रमाइलो क्षणमा समेत अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला। वादविवादमा परिनाले सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। बाध्यताका काममा अलमलिनुपर्ला। मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि सामान्य फाइदै हुनेछ। यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। तर, समय संघर्षपूर्ण रहनेछ। हठ गर्ने बानीले दुःख पाइनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। प्रतिस्पर्धीसँग सम्झौता गर्नुपर्ला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ। स्वास्थ्यमा देखिएको कमजोरीले चिताएका काममा बाधा हुनेछ। पढाइलेखाइमा पनि त्यति समय दिन नसकिएला। अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। व्यापार–व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। वादविवादबाट टाढा रहनुहोला। बुद्धिको उपयोगले जटिल सोचिएको कामसमेत सम्पादन हुनेछ। मेहनतीहरूका लागि समय फलदायी रहनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, चिताएको उपलब्धि प्राप्त हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान्। तापनि मिहिनेतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन ल्याउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। पहिले दुश्मनी गर्नेहरूले मित्रताका हात अघि बढाउलान्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अरूको विषयमा चासो राख्दा व्यर्थैमा वादविवाद हुन सक्छ। अर्थ अभावले काम रोकिने सम्भावना छ। साथीभाइको भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। मानसम्मानमा आघात पुग्न सक्छ। धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने मेहनतले सम्मानित स्थान दिलाउनेछ। बोली-व्यवहारमा सजग रहनुहोला।नेपालि पात्रो

तपाईको प्रतिक्रिया

trusted online casino malaysia