
अमर काफ्ले माघ २२ इनरुवा/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चुनावबाट भाग्न खोजेको आरोप लगाउनु भएको छ ।चुनाव पछि एमाले मूलुकको ठुलो शक्ति हुने डरले माओवादी र काँग्रेस चुनावबाट पन्छिन मिति घोषणाकालागि आलटाल गर्न लागिपरेको वहाँको भनाई थियो ।सुनसरीको इनरुवामा आयोजित जनसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमंत्री समेत रहेका ओलीले राजनैतिक संकट समाधानकालागि निर्वाचन अपरिहार्य भएको बताउनुभयो ।

मधेशवादी दल तर्फ इशारा गर्दै ओलीले मधेशी जनताको नाममा व्यक्तिगत स्वार्थपूर्ति गर्न बाहेक नजान्नेले मूलुकको समृद्धी बारे सोच्लान भन्नु दिवा स्वपन्न झै हुने धारणा व्यक्त गर्नु भयो । ओलीले वर्तमान सरकार बाह्य शक्तिको इशारामा चलेको दावी समेत गर्नुभयो ।
एमाले सुनसरीको आयोजनामा सम्पन्न सभालाई पार्टी सचिव भीम आचार्य सहितका केन्द्रिय तहका वक्ताहरुले सम्बोधन गरेका थिए ।









