अस्ट्रेलियामा जुम्ल्याहा दिदीबहिनीले आफ्ना सबै कुरा साटेर चलाउने गरेका छन् । उनीहरु देख्दा मात्र एकै छैनन् । उनीहरुको मनपर्ने नपर्ने कुरा पनि एउटै छ । यहाँसम्म उनीहरु पाँच वर्ष देखि एउटै पुरुषसँग बस्दै आएका छन् ।
उनीहरुलाई हेरेर कसैले पनि को दिदी अनि को बहिनी भनेर छुट्याउनै सक्दैनन् । सबै कुरा साट्ने यी दिदी बहिनीले मोबाइल मात्र साटेनन् आफ्नो बेडरुम र ब्वाइफे्रण्ड समेत साटेका छन् । अब उनीहरुको ईच्छा एकै पटक आमा बन्ने छ । उनीहरु आफ्नो ब्याईफ्रेन्ड ब्रायनसँग एउटै कोठामा बस्दै आएका छन् ।









