16443487_10208242725891891_1592943123_n
इनरुवा माघ २४/सुनसरीबाट श्रमका लागि दोहा पुगेका युवाहरुले नेपालमा कम्पनी दर्ता गराएका छन् । रोजगारीकालागि दोहा पुगेका युवाहरु संगठित भई सामाजिक सेवामा योगदान पुर्याउँदै आएका थिए । ४९ जना संस्थापक शेयर सदस्य सहितको सुनसरी सिर्जनशिल इन्भेष्टमेन्ट नामक कम्पनि उनिहरुले विधिवत रुपमा दर्ता गराएका हुन् ।

कम्पनीको चालु पुँजी १ करोड र अधिकतम पुँजी ३ करोड रहेको  छ । नरेश श्रेष्ठ अध्यक्ष रहेको संचालक समितिका अन्य सदस्यहरुमा सन्तोष कुमार श्रेष्ठ, सुवाश श्रेष्ठ, राजु भट्राई, विनोद कटुवाल, अरुण केसी, प्रदिपकुमार राई, सोमबहादुर राई, नगिनकुमार आले, राम सागर मेहता, राजन कुमार कार्की रहेका छन् । कम्पनीको कार्यालय भने सुनसरीको इटहरीमा रहेको छ ।

16426391_10208926904833426_535331506_n

दोहाबाट फर्केपश्चात नेपालमै बसी गृह जिल्लामा व्यक्तिग तथा सामूहिक व्यवसाय संचालन गरी स्वावलम्बी बन्ने र बनाउने कम्पनीको प्रमुख उद्येश्य रहेको शेयर सदस्य तथा संचालक समितिका सदस्य विनोद कटुवालले जानकारी दिए । कम्पनीमा आवद्ध युवाहरुले सुनसरी सिर्जनशिल परिवारको नामबाट सुनसरीमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको छ ।

सिजर्नशिल परिवारले विशेष गरी गरिव, दलित र पछाडी परेको समूदायको उत्थानका साथै सबैमा शिक्षाको पहुँच जस्ता कार्यक्रम संचालन गर्दै आएको छ । विद्यालयको भौतिक संरचनाकालागि आर्थिक सहयोगका साथै विद्यार्थीहरुकालागि पोशाक तथा पाठ्यपुस्तक समेत संस्थाले उपलब्ध गराउँदै आएको छ । संस्थाले झुम्काकालागि एम्बुलेन्स समेत उपलब्ध गराउन लागेको अध्यक्ष नरेश श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia