२६ माघ, काठमाडौं । विप्लवमाओवादी निकट अखिल (क्रान्तिकारी) लगायत सात विद्यार्थी संगठनहरुले चार बुद्दे माग सहित उपत्यका लगायत देशै भरीका स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा तालाबन्दी गरेको छ । संगठनले प्रतिरोधका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।
सात विद्यार्थी संगठनले सार्वजनिक गरेको विरोधका कार्यक्रममा माघ २६ गते देशका सबै क्याम्पसमा तालाबन्दी, २७ गते निर्वाचनका सबै कामहरू रोक्ने र २८ गतेदेखि प्रतिरोध गर्ने उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनहरुलाइ हेर्ने दृष्टीकोण र गर्ने व्यवहारमा विभेद गरेको , फर्जी विद्यार्थी भर्नालार्इ मान्यता दिएको ,स्वबियु निर्वाचनको लागि उपयुक्त वातावरण निर्माण नगरेको भन्दै त्रि वि केन्द्रिय क्याम्पस लगायत देशै भरीका क्याम्पसहरुमा तालाबन्दी गरेको क्रान्तिकारीले जनाएको छ ।
त्रि विको प्रवृत्ति र केहि संगठनको उक्साहटमा गरिएको हर्कतको कारणले स्ववियु निर्वाचनको वातावरणमा धमिलिदै गएको क्रान्तिकारीका उपत्यका संयोजक लोकेश बिश्वकर्माले बताए ।
उनले यस बारेमा सम्बधित निकायलार्इ पटक पटक जानकारी गरार्इ छलफलको माग राख्दा समेत खास गम्भीरता नदेखिए पछि तालाबन्दी बाध्यात्मक बनेको बताए । विश्वकर्माले त्रि बि को अहिलेको गतिविधिले चार लाख भन्दा बढी स्वतन्त्र एवं स्वाधिन विद्यार्थीको अधिकारलार्इ कुन्ठित गर्न खोजेकोप्रति आक्रोश व्यक्त गर्दै यो नसच्चिए सम्म संघर्ष जारी रहने कुरा बताए ।








