janjati gyapantra inaruwa

२७ माघ, इनरुवा। नेपालको भूमिमा बसोवास गर्दै आएका आदिवासी जनजातीलाई सूचिकृत गर्ने क्रममा राज्यले राजवंशी, खवास, मुडियारी र राजधामी भूमिपुत्रलाई आदिवासी जनजातीको सूचिमा सूचिकृतलाई नसमेटिएको गुनासो गर्दै तत्काल सूचिकृत गर्न सरकारलाई मंगलबार ज्ञापन पत्र बुझाएको छ ।

सुनसरी र मोरङ्ग जिल्लामा बसोवास गर्दै आएको भूमिपुत्र आदिवासी जनजाती मध्ये यी महत्वपूर्ण जातीलाई राज्यले मुल आदिवासीलाई छुटाएर जातीय विभेद गरिरहेकाले त्यसलाई तत्काल राज्यले गल्ती सच्याउँदै यी चार आदिवासी जनजातीलाई तत्काल सूचिकतृ गर्न पनि आग्रह गरेका छन् । देशभित्र बसोवास गर्दै आएका सवै जाती तथा जनजातीहरुलाई समान रुपमा राज्य सम्मान गर्दै राज्यका हरेक निकायमा समेटिनु पर्ने तर्फ समेत सरकारको ध्यानाकर्षण गराउँदै ती चार जातीका प्रतिनिधि मण्डलले सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरी समक्ष ज्ञापन पत्र प्रस्तुत गरेका हुन ।

भुवनेश्वर राजबंशी, कुमार विक्रम राजवंशी, कुमार विक्रम खवास लगायतको पुरुष तथा महिलाहरुको प्रतिनिधि मण्डलले सहायक प्रमुख जिल्ला अधिकारी समक्ष तत्काल आफ्ना माँगहरुलाई सरकार समक्ष पुर्याई आदिवासी जानजातीको सूचिमा समावेश गर्न आग्रह गर्नुभएको छ ।

यसैगरी स्थानीय निकाय ट्रेड युनियन संयुक्त जिल्ला समिति सुनसरीले पनि आजै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई विभिन्न माँगहरु समेटिएको ज्ञापन पत्र बुझाएको छ । स्थानीय निकायमा कार्यरत कर्मचारीहरुले लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधि विहिन हुँदा कर्मचारीहरुले भोग्नु परेका समस्या तथा स्थानीय तहले लामो समयसम्म जनप्रतिनिधि विना काम गनु पर्दा परेको प्रतिकुल असरलाई तत्काल सुधार गर्नका लागि चुनाव गरिनु पर्ने लगायतका ६ बुँदे माँगपत्र प्रस्तुत गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई समस्याको निकास निकाल्न ध्यानाकर्षण गरेको छ ।

कर्मचारी नेता महेश सुवेदीले ज्ञापन पत्र बाँचन गरेर सहायक जिल्ला अधिकारी राजेश गिरीलाई बुझाउँदै तत्काल समस्याको सुनवाईका बाताबरण तयार गर्ने अवस्थाको सिर्जना गर्न पनि अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia