jilla bikash samiti sunsari karmachari jhagada
माघ २८ इनरुवा /सेवा सुविधाको माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि जिल्ला विकास समिति सुनसरीको कामकाज पूर्ण रुपमा ठप्प भएको छ ।  स्थानीय निकायको पूर्नसंरचनाको क्रममा बन्ने स्थानीय तहमा सेवा सुविधा सहितको सुनिश्चितता हुनु पर्ने भन्दै कर्मचारीहरु धर्नामा बसेपछि कार्यालयको काम प्रभावित बनेको हो ।

jilla bikash samiti sunsari karmachari jhagada1
तीन दिन देखि समय बढाउँदै धर्नामा बस्दै आएका कर्मचारीहरु आज कार्यालय समय अवधीभर काममा फर्केनन् । कर्मचारीहरु आन्दोलनमा उत्रिदा सुनसरीका गाविस, नगरपालिका तथा जिविसमा पुग्ने सेवाग्राही भने मर्कामा परेकाछन् । कर्मचारीहरुले आइतवारबाट सम्पूर्ण कामकाज ठप्प पार्ने जनाएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia