duhabi nagarpalika

२८ माघ, अमर काफ्ले सुनसरी/ दुहवी  भलुवा नगरपालिका कार्यालयले खोलेको शिलवन्दी टेण्डर कर्मचारीहरुको मिलेमतोमा आफु निकट निर्माण व्यवसायीलाई पारिएको आरोप लागेको छ ।नगरपालिकाको कार्यालयले माघ १९ गते खुलाएको पक्की नाला तथा कालो पत्रे सडक निर्माणको टेण्डर प्रकृयामा कर्मचारीको मिलेमतोको आरोप निर्माण व्यवसायीहरुले लगाएका हुन् ।

प्रतिस्पर्धाका आधारमा पेश गरिएका शिलवन्दी बोलपत्र मुचुल्का उठाउन पूर्वनै शिलबन्दी खोली कर्मचारीहरुले आफुपायककालाई टेण्डर दिलाउन विल अफ कोटेशन लगायतका कागजातमा केरमेट गरेको भेटिएपछि प्रतिष्र्धामा रहेका अन्य निर्माण व्यवसायीहरुले टेण्डर प्रकृयामा गोलमालको आरोप लगाएका हुन् ।सरस्वती उच्च मावि दुहवी देखि दक्षिण इलाका प्रहरी कार्यालय दुहवी रहेको वडा नम्वर ६ को सडकलाई कालोपत्रे तथा ढल निर्माण गर्नकालागि प्रतिस्पर्धामा रहेका निर्माण व्यवसायीहरुका कम्पनीको कागजपत्र योजना फाँटका इन्जिनियर र ओभरसियर लगायतका कर्मचारीहरुले किर्ते गरी आफु निकटको गोपाल निर्माण सेवा छिटहालाई निर्माण कार्यको जिम्मेवारी दिएको उनिहरुको आरोप छ ।

कुनैपनि टेण्डरको शिलबन्दी बोलपत्र र इबिडिङ खोल्दा सम्वन्धित कार्यालय, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनीधिहरुको रोहवरमा खोलिनु पर्ने हुन्छ । कर्मचारीको मिलेमतोमा उनिहरुलाई समेत झुक्याएर कागजात मिलान गरिएको डिग्री निर्माण सेवाका सविन श्रेष्ठले बताए ।दुहवी भलुवा नगरपालिकाले खोलेको ठेक्का नम्वर ५ को उक्त शिलबन्दी बोलपत्रमा डिग्री निर्माण सेवा इनरुवा ३ र मनास्लु कन्ट्रक्सनले न्यून दररेटमा सडक निर्माणको काम गर्ने भनि विवरण पेश गरेको भएपनि कर्मचारीले भने आफु पायकको गोपाल निर्माण सेवाको कागजातलाई दुरुस्त देखाई अन्यलाई प्रतिष्र्धाबाट हटाउने काम गरेको मनास्लु कन्ट्रक्सनलका प्रवन्धक शुबोध घिमिरेको आरोप छ ।

डिग्री कन्ट्रक्सनले पेश गरेको दररेटको कागजपत्रमा केरमेट गरी ६५ रुपैंया दरको शिलकोटको दररेटमा ६५को अगाडी ५ थपेर ५ सय ६५ बनाईको पाइएको हो । दरभाउ बढी रहेको आधार देखाउदै सो प्रतिस्पर्धामा गोपाल निर्माण सेवालाई कम दर रेट हालेको भनि २२ लाख ८६ हजार ९ सय रुपैंयामा निर्माण कार्यको जिम्मा दिइएको छ ।  प्रतिष्र्धामा रहेका अन्य निर्माण व्यवसायीहरुले समेत कर्मचारीको मिलेमतोको आशंकामा छानविन हुनुपर्ने माग गरेका छन् ।दुहवी नपाका इन्जिनियर गुञ्जन मिश्र लगायतका कर्मचारीहरुको मिलेमतोमा १ सय ३० मिटर पक्की नाला सहितको कालोपत्रे सडक गोपाल निर्माण सेवाबाट ३ लाख रुपैंया घुस लिएर निर्माण कार्यको जिम्मेवारी दिएको समवन्धित निर्माण व्यवसायीहरु बताउँछन् । यसअघि इन्जिनियर मिश्रको कार्यशैली उपर प्रश्न उठेकाले यसपटक समेत उनकै संलग्ना रहेको हुन सक्ने आरोप लगाइएको छ ।

डिग्री निर्माण सेवाका प्रवन्धक सविन श्रेष्ठले शिलबन्दी बोलपत्रको कागजातमा कर्मचारीहरुले किर्ते गरी अक्षर केरमेट र अगाडी अंक थपी आफ्नो निर्माण सेवालाई प्रतिस्पर्धाबाट बाहिर राखेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने बताए ।
सो विषयमा दुहवी भलुवा नगरपालिकाका कार्याकारी अधिकृत युवराज ढकालले अस्वभाविक रुपमा काजगातमा अंक थपिएको विषय बाहिरिएकाले आफुले हेर्दा समेत केही त्रुटी रहेको हुन सक्ने देखिएकाले सत्यतथ्य छानविन गरी संलग्न पाई दोषी कर्मचारी उपर कार्वाही गरिने बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia