२९ माघ, इनरुवा। सुनसरीको छिटाहा गाविसमा गएराती एक ८ वर्षिया बालिका बालात्कृत भएकी छन । छिटाहा गाविस ६ का संजय उराँवले त्यही गाविसकी ८ वर्षिया बालिकाको बलात्कार गरेको स्थानीयहरुले बताएका छन ।
राती साढे ८ बजेको समयमा घरमा नै बलात्कार गरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि उराँवलाई रंगेहात पक्राउ गरी प्रहरीको जिम्मा लगाएको बताईएको छ । पीडक उराँवलाई राती नै पक्राउ गरी प्रहरीले हिरासतमा राखेर अनुसंधान सुरु गरेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । पीडित बालिकाको विराटनगरको एक अस्पतालमा उपचार भइरहेको छ भने पिडकलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा राखी जवरजस्ती करणी ऐन अन्तर्गत कार्वाहीको तयारी गरेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।








