८ फागुण, दिपेन्द्र यादव इनरुवा। संयुक्त विद्यार्थी संगठन र त्रिभुवन विश्वविद्यालय बिच भएको उच्च स्तरीय वर्ता पश्चात आन्दोलनरत्त विद्यार्थी संगठनहरुले आन्दोलन फीर्ता लिई क्याम्समा लगाएको ताला खोलेका छन् ।

सुनसरी बहुमुखी क्याम्पस इनरुवामा आफ्ना विभिन्न मागहरु राखी तालाबन्दी गरेका समाजवादी विद्यार्थी फोरम नेपाल र विद्यार्थी मञ्च सुनसरीले आइतबार प्रेस विज्ञप्ती जारी गरी स्ववियु निर्वाचन कार्यालयमा लगाएको ताला खोलेको हो । त्रिभुवन विश्व विद्यालयको सिनेटले एकात्मक शैलीमा घोषण गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रणालीको विरुद्धमा संयुक्त विद्यार्थी संगठनहरुले ३ बुदें माग राखी सुनसरी बहुमुखी क्याम्पसमा मधेशवादी दल सविफो नेपाल र विद्यार्थी मञ्चले एक दिन अघि पछि क्याम्पसमा ताला लगाएका थिए ।

समाजवादी विद्यार्थी फोरम नेपाल र विद्यार्थी मंच सँग समाजवादी विद्यार्थी फोरम नेपालको सुनसरी बहुमुखी क्याम्पस इकाई अध्यक्ष ब्रहमदेव यादव र विद्यार्थी मञ्च सुनसरीको सोही क्याम्पस इकाई अध्यक्ष प्रमिला कुमारी मेहता (निशा) ले संयुक्त प्रेस विज्ञप्ती जारी गरी ताला खोलेका हुन ।

विहीबार संघिय समाजवादी विद्यार्थी फोरम नेपाल निकट रहेको विद्यार्थी संगठन सविफो नेपालले सिनेटको माग खारेज, पुर्ण समानुपातिक निर्वाचन प्रणली लागु , फर्जी भर्ना खारेज तथा स्ववियु निर्वाचनको बातावरण निर्माण लगायतका मागहरु राखी क्याम्पसमा तालाबन्दी गरेका थिए ।भने शुक्रबार सदभावना पार्टी निकट रहेको विद्यार्थी संगठन विद्यार्थी मञ्चका इकाई अध्यक्ष निशाले पनि त्रिभुवन विश्व विद्यालयले आफुहरुको मागलाई सुनवाई नगरेका कारण सो क्याम्पसमा अर्को ताला लगाएका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia