१८ फागुन, दिलिप साह राजविराज । सप्तरी सदरमुकाम राजविराजस्थित एक मात्र सरकारी क्याम्पस महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन नहुने भएको छ । मधेशी विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचन कुनै पनि हालतमा निर्वाचन गर्न नदिने निर्णय गरेपछि क्याम्पसको विभिन्न शाखामा तालाबन्दी गरेका छन् ।

क्याम्पस प्रमुख डा. सर्वेषचन्द्र मिश्रले असहज परिस्थिति देखाएर सूचना टाँस गरि निर्वाचनको सबै कार्यक्रम स्थगित गरेको थियो । यसअघि मधेशी विद्यार्थी संगठनहरुको एक भेला गरि स्ववियु निर्वाचन नगराउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार क्याम्पस प्रशासनले चुनाव गर्न खोजे विद्यार्थी मोर्चाले सशक्त आन्दोलनको घोषणा गर्ने र त्यसको जिम्मेवार स्वयम् क्याम्पस प्रशासन हुने क्याम्पसको परीक्षा शाखा, लेखा शाखा, क्याम्पस प्रमुखको शाखामा तालाबन्दी गरेका थिए ।

निर्वाचनको तालिका अनुसार शनिबार मनोनय दर्ता गर्ने मिति रहेपनि राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा निर्वाचनको कुनै गतिविधी हुनसकेन् ।क्याम्पसको विभिन्न शाखाहरुमा समाजवादी विद्यार्थी फोरम, विद्यार्थी मंच, मधेशी विद्यार्थी लोकतान्त्रिक, तराई मधेश विद्यार्थी फ्रन्ट, संघिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन, मधेशी विद्यार्थी फोरम गणतान्त्रिक, तराई मधेशी सदभावना मंचका पदाधिकारीहरुले संयुक्त रुपमा सो तालाबन्दी गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia