२१ फागुन, मिकाइल आलम इनरुवा। मुलुकै ठुलो मदर्साका रुपमा चिनिने दारुल उलुम नुरुल इस्लाम जल्पापुर सुनसरीको यही फागुन २५ , २६ र २७ गते मनाउन लागेको आफनौ ६७ औं शैक्षिक वार्षिक उत्सवको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । सुनसरीको जल्पापुर ६ मा रहेको दारुल उलुम नुरुल इस्लाम मदर्साले यही आउने बुधवार देखि ६६ औं वर्ष पुरा गरि ६७ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अन्र्तराष्ट्रिय स्तरको तीन दिने शैक्षिक महोत्सव आयोजना गर्न लागिएको हो ।

मदर्साको ६७ औं वार्षिक उत्सवमा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्य रहने आयोजकले जनाएको छ । सो शैक्षिक मोहत्सवमा राष्ट्रिय स्तरका प्रमुख दलका नेताहरुको पनि सहभागिता रहने जनाइएको छ । मदर्साको शैक्षिक मोहत्सवमा सहभागी हुन साउदी अरबबाट एमादबिन जुहेर हाफिज , मलेसिया युनिर्भसिटीका प्रोफेसरका लगायत देश तथा विदेशका प्रतिष्ठीत व्यक्तिहरुको सहभागिता रहने आयोजक समितिका मौलान शबिर अहमद नदवीले बताए ।

जश्न ए तालिमीका उपाध्यक्ष मौलाना हैदर नदवीले नेपालमा मुस्लिम समुदायद्धारा संचालित मदर्साहरुको शैक्षिक अवस्था लाई अन्र्तराष्ट्रियकरण गर्ने उद्देश्यले नै जश्न ए तालिमी कार्यक्रमको आयोजाना गर्न लागिएको बताउनु भएको छ । नदवीले अन्र्तराष्ट्रिय समुदायहरु लाई नेपालमा पनि मुस्लिम समुदायको उल्लेखनिय बसोबास रहेको जानकारी गराउने आफुहरुको उद्देश्य रहेको बताए । नेपालको विशेषताहरुको बारेमा अन्र्तराष्ट्रिय समुदाय माझ यस्ता किसिमका कार्यक्रहरुले जानकारी गराउन सहयोग हुने भएकोले सबैलाई ६७ औं शैक्षिक वार्षिक उत्सव सफल बनाउन आयोजकले आग्रह गरेका छन् ।

विभिन्न देशहरुबाट कार्यक्रममा आउने अतिथीहरु लाई निम्तियाएको बताउँदै नदवीले सो कार्यक्रममा स्वदेशी तथा विदेशी गरी ५० हजार भन्दा बढी मानिसहरुको सहभागिता गराउनका लागि आफुहरु लागि परेको समेत बताए ।  आयोजक समितिका सदस्य मुकतार आलमले सत्य तथ्य समाचार सम्प्रेषण गरेर वार्षिक उत्सवको माध्यम बाट जनतामा सहि सूचना प्रवाह गरिदिन सबैलाई आग्रह गरे । आलमले मदर्साको वार्षिक उत्सवको लागि आफुहरुले केहि महिना अगाडि देखिनै तयारीमा जुटेको बताए ।

सो मदर्साको ६७ औं शैक्षिक महोत्सवमा नेपाल सहित भारत , पाकिस्तान , बङगलादेश , साउदी अरयिबा ,मलेसिया ,साउथ अफरिका , क्यानाडा लगायत देशका हजारौ मुस्लिम धर्म गुरुहरुको सहभागिता रहने आयोजकको भनाई छ । उक्त शैक्षिक वार्षिक कार्यक्रममा भारतको मुस्लिम पर्सनल ल बोर्डका अध्यक्ष हजरत मौलाना मोहम्मद सैयद सहितका इस्लाम धर्मका विद्धान तथा लेखकहरुको उपस्थिती रहने आयोजकले जनाएको छ ।

सो कार्यक्रममा विभिन्न देशहरुबाट आएका मुस्लिम धर्म गुरुहरुले धार्मिक प्रवचन सहित शैक्षिक गतिविधीबारेको जानकारी आदान प्रदान गरिने आयोजक समितिका ईसा अन्सारीले बताए । अंसारीले शैक्षिक कार्यक्रम आएका धर्मगुरुहरुको प्रवचन मार्फत समाज रहेको विकृतीहरु हटाउन सहयोग पुग्ने बताउँछन । आयोजक समितिका प्रेस प्रवक्ता तथा वरिष्ट पत्रकार ताविल अन्सारीले सबैले मिलेर मदर्साको ६७ औं वार्षिब उत्सवलाई भव्यताका साथ सफल पारिदिन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia