मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अरूको विषयमा चासो राख्दा दु:ख पाइनेछ। तर धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। प्रयत्न गर्दा बोलीको भरमा काम सम्पादन हुने समय छ। शुभचिन्तकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदा हुने योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
पहिलेको सफलताले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। बिछोडिएका आफन्तजनसँग भेटघाट हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। तर बलजफ्ती गर्दा उही काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
काममा लगानीको समय छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। समयमा होस नपुग्नाले चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। आम्दानी कम भए पनि दिगो काम गर्ने अवसर जुट्न सक्छ। तत्काललाई सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुनेछ। आम्दानी बिगार्नेहरू सक्रिय रहलान्। श्रमको उचित मूल्य प्राप्त नहुनाले काममा मन दिन नसकिएला। परिस्थितिले अलि निष्क्रिय बनाउन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आफ्ना सूचना बाहिरिनाले समस्या आउला। कामप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आलस्य गर्दा पछि परिनेछ। शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। तापनि मिहिनेत गर्दा सामान्य लाभ अवश्यै हुनेछ। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा उठाउन सकिनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अवसरले पछ्याए पनि परिस्थितिले पछि परिएला। लक्ष्यअनुसार समय दिन नसकिएला। प्रतीक्षा गरिएको नतिजा अलि कमजोर रहनेछ भने दिगो कामलाई केही समय पर्खनुहोला। पहिलेका सहयोगीहरू नजुट्नाले कामको चाप बढ्नेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। मिहिनेतले अवसर दिलाउनेछ। समस्याका बीच यात्रा रमाइलो हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ। समयमा स्रोतसाधन जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई पनि पाठ सिकाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ हुने समय छ। केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना सुरु गर्न उपयुक्त साइत पर्खनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। लगनशील भएर प्रयत्न गर्दा बिस्तारै अवरोध समाप्त हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ। हडबड गर्नाले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। नजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। काम बिग्रने डरले सताउनेछ, योजना गोप्य राख्नुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
हिम्मतले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia